Translate
Saturday
सुँगुरप्रेमीले गरे होहल्ला
सुँगुरको वास्तविक छाला प्रयोग गरी नक्कली सुँगुर बनाई ग्राहकहरुको ध्यान आकर्षा गर्ने एउटा बैंक अहिले अप्ठेरोमा परेको छ । सुँगुरप्रेमीहरुले वास्तविक छाला उपयोग गरी नक्कली सुँगुर बनाउने यो विचारलाई घटिया भएको भन्दै नक्कली सुँगुर हटाउन आग्रह गरेका छन् ।
अमेरिकाको पिगलेट बैंकले विज्ञापन गर्नका लागि नक्कली सुँगुर उभ्याएको थियो । तर त्यसमाथि जुन छाला उपयोग गरिएको थियो, वास्तविक थियो । यो= सुँगुरको ढाडमा सिक्का छिराउने दुलो छ भने यसको तलतिर पैसा झिक्ने कर्क लगाइएको छ ।
कोलिन हार्ट अहिले यो डिजाइन किन बनाउन पुगेँ भनेर पछुताइरहेका छन्, "अहिले मैले यस्तो डिजाइन बनाउन बन्द नगरे, ज्यान जाने सम्भावना छ भनेर धम्कीहरु पाइरहेको छु ।" घरघरमा राख्न पाइने यो पिग्गी बैंक १२ महिनामा भरिएपछि बैंकबाट मानिसहरु लिन आइपुग्छन् ।
"यो त एउटा डिजाइन मात्र थियो, जसमा वास्तविक सुँगुरको छाला मोरिएको थियो तर बाँकी सबैमा नक्कली छाला नै थियो", उनले प्रष्टीकरण दिए- "तर अन्य दर्ुइले पनि यस किसिमको वास्तविक सुँगुरको छालायुक्त पिगलेट बनाउन माग गरेका थिए, यही कुरा हल्ला भइदिएकाले अहिले मेरो ज्यान जोखिममा पर्यो ।" पिगलेट बैंकले यो २ हजार ५ सय डलरमा उपलब्ध गराउने भनेको त हो तर अहिलेलाई यो योजना रद्द गरेको घोषणा गरेको छ ।
enasha
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment