Translate

Friday

'स्क्यान्डल गरेर भए पनि चर्चामा आउँछन् भुवन केसी'





 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 फिल्म क्षेत्रका कलाकारहरू को-कस्ता छन्? अभिनेत्री रेखाको भोगाइ:
जोक सुनाउन र ठट्टा गर्न माहिर : गणेश उप्रेती। कहिलेकाहीँ सिरियस भूमिका गर्दा पनि आफ्नै पाराको जोक्स गर्नुहुन्छ। उहाँको जोक्सले गर्दा निर्देशक हैरान भएको घटना पनि छ।

स्क्यान्डल गरेर भए पनि चर्चामा आउनेः
भुवन केसी। स्क्यान्डल उहाँलाई प्रमोसन गर्ने साधारण माध्यम हो। भुवन र स्क्यान्डल एकअर्काबिना अपूर्ण छन्।

अरूको दुःख सुनेर तुरुन्तै रोइहाल्नेः
वसुन्धरा भुसाल। मायाको खानी नै हुनुहुन्छ। अरूको समस्यामा तुरुन्त आँसुको धारा बगाउनुहुन्छ।
 
 आनी बानी
रेखा थापा, अभिनेत्री
 


कम बोल्ने तर प्रतिभावान : छवि ओझा। बोलीभन्दा काममा विश्वास गर्नुहुन्छ।

धेरै खर्च गर्ने स्वाभावको : नरेश पौडेल। खर्च नगर्नु पर्ने स्थितिमा पनि खर्च गर्नुहुन्छ।

आफ्नो काम ठीक समयमा गर्नेः रेखा थापा। म कामप्रति पागल नै छु। काम नसिद्धिएसम्म अरूतिर ध्यान जाँदैन।

काममा सधैं सिरियस हुने, ठट्टा नगर्नेः राजेन्द्र खड्गी। रमाइलो गर्ने समयमा रमाइलो गर्न तयार भए पनि कामको समयमा यताउता भयो भने पिटाइ पनि खाइन्छ।

लुगा चिटिक्क मिलाएर लगाउनेः जीवन लुइँटेल। प्रायः फिटिङ ड्रेसअपमै हुन्छ।

झनक्क रिसाउने र पछि माफी माग्नेः करिश्मा मानन्धर। उहाँ रिसाएको माफी मागेपछि थाहा हुन्छ।

सफासुग्घरी, खानपिनको सफाइमा धेरै सचेतः अरूणिमा लम्साल। सफा र स्तरीय खाना उनलाई फिल्ममा लिनुअघि निर्माताले सोच्नुपर्ने कुरा हो।
 
nagarik

0 comments:

Post a Comment