सामाजिक कार्यमा श्रीया सरन
                                     अर्को सम्बन्ध-विच्छेद
नायिका स्कार्लेट जोहन्सन तथा रायन रेनोल्ड्सको वैवाहिक जीवन टुंगिएको छ । दुईवर्षे वैवाहिक जीवनलाई उनीहरूले गत साता सहमतिमै टुङ्ग्याएका  हुन् । पिपुल डट कमका अनुसार जोहन्सन तथा रायनले एक संयुक्त वक्तव्य जारी गर्दै 'लामो समय सँगै बिताएपछि सावधानीपूर्वक सोचविचार गरेर  हामी दुवैले आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने घोषणा गरेका छौं' भनेका छन् । 'हामीले प्रेममार्फत यो सम्बन्धको थालनी गरेका थियौं, प्रेमपूर्वक नै  अन्त्य गरेका छौं । हामीले यो कुरालाई गोप्य राख्न चाहेनौं । यो निश्चित रूपले एउटा उदाहरणीय कार्य हो ।' सूत्रका अनुसार जमैकामा रहेकी जो हन्सनले नै यो सम्बन्धलाई अन्त्य गर्ने पहल थालेकी थिइन् । उनले न्यूयोर्कमा एउटा घर खोज्न थालिसकेकी छिन् । २६ वर्षीया जोहन्सन तथा ३४ वर्षीय  रायनले २००८ मा विवाह गरेका थिए । नराम्रो पहिरनको रहस्य
हलिउड नायिका काइरा नाइटली आफ्नो लजालु स्वभावका कारण चर्चामा आइरहन्छिन् । उनी कति सम्म लजालु छिन् भने सार्वजनिक रूपमा कुनै कायर् क्रममा सहभागी हुनु पर्यो भने उनी सबैभन्दा नराम्रो पहिरन लगाउँछिन् । राम्रो र महँगो पहिरन लगाएर कार्यक्रममा सहभागी हुँदा प्रशंसकले चिन्ने  तथा उनीहरूसंग बोल्नुपर्ने भएकाले उनी त्यस्ता कार्यक्रम नराम्रा पहिरन लगाएर पुग्छिन् । 'मलाई प्रशंसकसंग कुरा गर्न पनि लाज लाग्छ, 'पाइरेट्स  अफ द क्यारेबियनाकी यी नायिका भन्छिन्—'कसैले बाटोमा रोकेर कुरा गर्न खोज्यो भने पनि म असहज महसुस गर्छु ।' २५ वर्षीया नाइटली आफ्नो  लजालु स्वभावका कारण पार्टीहरूमा पनि कमै सहभागि हुन्छिन् । ब्याड ब्बाइ अब नायक
बलिउडका ब्याड म्यान अर्थात् अभिनेता गुलसन ग्रोभर अब चाँडै नायकका रूपमा गुड म्यान बन्दै चलचित्रको पर्दामा प्रस्तुत हुने भएका छन् । ब्याड  म्यानबाट गुड म्यानतर्फको गुलसन ग्रोभरको यो छलाङ बलिउडमा नभई हलिउडमा हुने लागेको हो । बिल ड्युकको निर्देशनमा निर्माण हुने 'द ड्राइभर'  शीर्षकको चलचित्रमा गुलसनकी नायिका हलिउड नायिका सलमा हायक प्रस्तुत हुने बताइन्छ । यो चलचित्रमा बिल स्मिथ, ज्यानेट ज्याक्सन, हुपी गो ल्डबर्ग आदिको पनि उपस्थिति रहनेछ ।दीपिकाको आइटम डान्स
'ओम शान्ति ओम' गर्ल दीपिका पादुकोणले अभिनेता शाहरूख खान अभिनित 'बिल्लु बार्बर' मा 'लभ मेरा हिट हिट' गीतमा आइटम डान्स गरिसकेकी  छिन् । पछिल्लो पटक अभिनेत्री जीनत अमानमाथि फिल्मांकन गरिएको बहुचर्चित 'दम मारो दम' गीतको रिमेकमा पनि दीपिकाले कम्मर मर्काएकी  छिन् । रोहन सिप्पीले बनाउने 'दम मारो दम' को उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणेको आइटम डान्स हेर्न पाइनेछ । उक्त गीतलाई संगीतकार  प्रितमले रिमेक गरेका छन् ।आमा बन्न हतार छैन
नायिका एमिली ब्लन्टले आफूलाई आमा बन्न हतार नभएको स्पष्ट पारेकी छिन् । सम्पूर्ण ध्यान करियर निर्माणमा केन्द्रित भएकाले ब्लन्टले आमा बन्न  हतार नभएको बताएकी हुन् । ब्लन्टले गत जुलाई महिनामा जोन क्रेसिन्स्कीसँग विवाह गरेकी थिइन् । एक वेबसाइटका अनुसार ब्लन्ट आफ्नी नायिका  आमा जोएना मेकीको पदचिन्हमा हिंड्न रुचाउँदिनन् । मेकीले परिवारका लागि अभिनयलाई नै त्यागेकी थिइन् । ब्लन्ट भन्छिन्— 'म एउटा ठूलो  परिवारबाट आएकी हुँ । मलाई सधैं बालबालिकाहरू मन पर्छन् । तैपनि यति चाँडै म आमा बन्न इच्छुक छैन । मेरी आमाले यसका लागि करियर नै  त्यागेकी थिइन् तर अहिले समय परिवर्तन भैसकेको छ ।' ब्ल्न्टका अनुसार आमा बन्नुअघि उनी आफूलाई अभिनय क्षेत्रमा स्थापित गराउन चाहन्छिन् ।sapthahik










0 comments:
Post a Comment