श्रीमान्लाई फकाउने काइदा
                                     आरतीले बढाइन् आफ्नो तौल
चलचित्र 'दस तोला' मा आफूले निर्वाह गरेको चरित्र सुवर्ण शास्त्रीको भूमिकालाई जीवन्तता प्रदान गर्न अभिनेत्री आरती छाबरियाले ५ किलो तौल  बढाएकीे छिन् । स्रोतका अनुसार आफ्नो तौल बढाउन अभिनेत्री आरतीले बढी मात्रा माछा र चामल सेवन गर्नुका साथै जिम जान छोडेकी थिइन् ।  झूटो बोल्ने नायिका
हलिउड नायिका डेनिस रिचर्ड्सले हालै मात्र आफू झूटो बोल्ने स्वभावकी युवती भएको स्वीकार गरेकी छिन् । डेनिस भन्छिन्— 'म प्रायः आफ्ना  छोरीहरूसँग झूट बोल्छु ।' डेनिससँग उनका पूर्वश्रीमान् चाली सिनका तर्फबाट दुई छोरी छन्, छ वर्षीया सेम तथा पाँच वर्षीया लोला । डेनिसका  अनुसार उनी कुनै पुरुषसँग घर बाहिर जाने क्रममा छोरीहरूसँग झूटो बोल्छिन् । डेनिस भन्छिन्— 'यदि म डेटिङमा गैरहेकी छु भने छोरीहरूलाई एउटा  महत्त्वपूर्ण बैठकमा जानु छ भनेर ढाँट्छु ।' छोरीहरूसँग झूटो बोल्नुपर्ने पनि उनको आफ्नै बाध्यता छ । डेनिसका अनुसार उनी आफ्ना छोरीहरूलाई  त्यसबेलासम्म कुनै पनि अपरिचित व्यक्तिसँग चिनाउन चाहन्नन्, जबसम्म उनी स्वयं उक्त व्यक्तिसँगको सम्बन्धप्रति गम्भिर हुन्नन् । सपिङ क्रेजी कंगना
स्टाइलिस बलिउड बाला कंगना रनावतलाई सपिङ निकै मन पर्छ । सपिङ भनेपछि भुतुक्कै हुने यी अभिनेत्रीले अभिनय गर्ने नयाँ चलचित्रका निर्माताले  आफू सुहाउँदो पहिरन आफूखुसी सपिङ गर्न भनेपछि २५ लाखबराबरको सपिङ गर्न भ्याएकी छन् । स्रोतका अनुसार अभिनेत्री कंगनाले फेसनको सहर पे रिसमा उक्त सपिङ गरेकी हुन् ।रोल मोडल एम्मा
चलचित्र 'ह्यारी पोर्टर' की नायिका एम्मा वाट्सन टिनएजका युवतीहरूमाझ अत्यन्त लोकप्रिय छिन् । एउटा पछिल्लो सर्वेक्षण अनुसार अमेरिकी  किशोरीहरूलाई पपगायिका शेरिल कोलभन्दा एम्मा नै बढी मन पर्छिन् । सर्वेक्षणमा पाँचमध्ये चार जना किशोरीले आफ्नो रोल मोडलका रूपमा २०  वर्षीया एम्मालाई मत दिएका थिए । रोल मोडलको सूचीमा एम्माले शेरिल कोल तथा गायिका केटी पेरीलाई समेत उछिनेकी छिन् । यो सर्वेक्षणमा १२  देखि २० वर्ष उमेरसम्मका १८ हजार किशोरी सहभागी थिए । सर्वेक्षणमा सहभागि किशोरीहरूले आफूलाई सुन्दर युवती भन्दा तेज दिमाग भएकी युवती  हुन मन लागेको बताए । सर्वेक्षण गर्ने संस्थाले जनाएअनुसार किशोरीहरू अहिले एम्माजस्तै बन्न चाहन्छन् । ह्यारी पोर्टरको नयाँ चलचित्र प्रदर्शनपछि  एम्मा पनि अचेल निकै खुसी छिन् । चलचित्रले राम्रो व्यापार गरेपछि उनको खुसी बढेको हो । प्रियंकाको एक्सन र लाराको ग्ल्यामर
मिस वल्र्ड तथा मिस युनिभर्सको ताज जितेर एकसाथ बलिउडमा एन्ट्री गरेका अभिनेत्रीद्वय पि्रयंका चोपडा र लारा दत्ता चलचित्र 'अन्दाज' पछि पुनः  एकसाथ चलचित्र 'डन टु' मा देखिंदैछन् । यी दुई अभिनेत्रीसँगै 'डन टु' मा शाहरुख खान, बोमन इरानी, ऋतिक रोशन आदि कलाकारको मुख्य भूमिका  छ । श्रोतका अनुसार पि्रयंका र लाराको एकसाथ उपस्थिति रहेको पहिलो चलचित्र 'अन्दाज' मा यी दुवै अभिनेत्रीबीच को बढी ग्ल्यामरस भन्ने प्रतिस्पर्धा  देखिएको भए पनि 'डन टु' मा भने ग्ल्यामर देखाउने काम लाराले गरेकी छिन् भने पि्रयंकाको भूमिका एक्सनप्रधान छ ।sapthahik










0 comments:
Post a Comment