आगामी शुक्रबार रिलिज हुने चलचित्र 'धर्मा'को प्रमोसनका लागि अभिनेत्री मनिषा कोइराला र महानायक राजेश हमाल सँगै हलहरुमा पुग्दैछन् । ब्यस्तताबाट फुस्रद निकालेर भएपनि मनिषासँग प्रचारमा निस्कने निधो राजेशले शनिबार गरे । प्रदर्शनको दिन नजिकिँदै गर्दा मनिषा भने आफ्नो मुम्बइ बसाइ छोट्याएर सोमबार मात्र काठमाण्डौ टेक्दैछिन् । नवनायक संयोग पोखरेल र निर्मात्री डा. दुर्गा पोखरेल शनिबार नै अमेरिकाबाट फर्किइसकेका छन् ।
निर्देशक दीपेन्द्र के. खनालले शनिबार राजेशलाई भेटेर प्रमोसनबारे कुराकानी गरेका थिए । चलचित्र रिलिजपूर्व दीपेन्द्र पत्रकार सम्मेलन र प्रीमियर गर्न चाहन्छन् । आशा गरिएको चलचित्रका रुपमा लिइएको 'धर्मा' दीपेन्द्रको दोस्रो प्रोजेक्ट हो । बिरामी भएपनि यी युवा निर्देशक यतिबेला पब्लिसिटीमा निकै खटिएका छन् । लामो समयपछि मनिषा कमब्याक भएको कारणले पनि यतिबेला 'धर्मा' प्रतीक्षित बनेको छ ।
भ्रष्टाचार, राजनीति, कर्मचारीतन्त्र, प्रेम लगायतका आयाममा केन्द्रित रहेको बनेको 'धर्मा'लाई सेन्सर बोर्डले दसैंअघि 'क्लिन चिट' दिएको थियो । रोचक कुरा त नवनायक संयोग पोखरेल प्रमोसनमा त लाग्नेछन् तर उनलाई राम्रोसँग नेपाली बोल्न आउँदैन । नबोलेरै भएपनि उनी पब्लिसिटीमा लाग्नेछन् । डिजिटल सिनेमा नेपालले वितरण गर्ने चलचित्र 'धर्मा' देशब्यापी रिलिज हुँदैछ ।

mero cinema 

0 comments:
Post a Comment