Translate

Tuesday

डिभोर्स : नो क्वेस्चन

dharmaa_in_400 
 
 
 
 
 
 
 
 
 
 
 
 
'धर्मा'को प्रेस मिटमा अभिनेत्री मनिषा कोइराला निकै प्रतिरक्षात्मक (डिफेन्सिभ मुड)मा प्रस्तुत भइन् । उनलाई थाहा थियो -पत्रकारले मलाई डिभोर्सको बारेमा सोध्छन् भनेर । अन्ततः त्यही भयो । पत्रकारले 'डिभोर्स हल्ला'को प्रश्न सोधेपछि मनिषाले जवाफ दिइन् -नो पस्रनल क्वेस्चन । आमा सुष्मा र सहयोगीले व्यक्तिगत प्रश्न नसोध्न भनिरहेका थिए । पस्रनल प्रश्न नसोध्ने शर्तमा मात्र पत्रकारले मनिषासँग प्रश्न राखे ।

धेरैपछि सार्वजनिक मिडियामा देखापरेकी मनिषा केही मोटाएकी थिइन । सिँउदोमा सिन्दुर थियो, अनुहारमा मन्द मुस्कान । जीउमा मुलायम सेतो खास्टो पनि । पत्रकारसँग सिनेमा गफमा निकै खुलेकी थिइन मनिषा । उनीसँग फोटो खिचाउन तछाडमछाड गरिरहेका थिए पत्रकारहरु । सायद खुट्टाको चोट निको भएकाले होला 'दिल से' स्टार सहजै हिँड्डुल गरिरहेकी थिइन् । मनिषासँगको थप कुराकानी विस्तृत अन्तवार्तामा पढ्न सक्नुहुनेछ ।

कुरा गरौं डेब्यु हिरो संयोग पोखरेलको । अमेरिकाको एक विश्वविद्यालयमा पत्रकारितामा स्नातक अध्ययन गरिरहेका संयोग पत्रकार सम्मेलनमा केही असहज देखिए । होस्ट तथा 'धर्मा' सल्लाहकार सुव्रत आचार्यले मन्तव्य राख्न भनेपछि नेपालीमा बोल्न संयोग केही अकमकाए । चिया टाइममा पनि संयोग पछाडितिर एक्लै उभिएका देखिन्थे किनकी हुनुपर्छ उनलाई सहजै मातृभाषामा कुरा गर्न कठिनाइ भएको । 
 
mero cinema

0 comments:

Post a Comment