
जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियान आसञ्जेलाई नोवेलन शान्ति पुरस्कार दिइनु पर्ने रुसी अधिकारीहरुले बताएका छन् ।
अनलाइन पत्रिका मेल अनलाइनले जनाए अनुसार रुसी समाचार संस्थाहरुले राष्ट्रपति दमित्री मेदभदेवको कार्यलयका अधिकारीहरुलाई उदृत गर्दै उक्त समाचार आएको शुक्रबार उल्लेख गरेका छन् ।
'सार्वजनिक र गैरसरकारी संस्थाहरुले उनलाई नोवेल पुरस्कारका लागि मनोनयन गर्न पाउनु पर्छ' समाचारमा भनिएको छ, 'सोच्नु पर्छ कसरी उनलाई सहयोग गर्न सकिन्छ ।'
प्रधानमन्त्री भ्लादिमिर पुटिनले अमेरिकी कुटनीतिज्ञहरुले दिएको भनिएका विकिलिक्समा प्रकाशित सूचनाका बारेमा कडा प्रतिक्रिया दिएको केही समयपछि नै नोवेल असाञ्जलाई पुरस्कार दिनु पर्ने समाचार आएको हो । पश्चिमा मुलुकलाई रुसको प्रजातन्त्र बारेप्रचार गर्ने अधिकार छैन' पुटिनले भने । जव उनलाई अमेरिकी कुटनीतिक केवलमा भ्रष्ट र अप्रजातान्त्रक कर्मचारीतन्त्रको 'अल्फा' कुकुर शासक भनिएको बारेमा सोधियो उनले भने, 'के तपाई अमेरिकी कुटनीतिक सेवालाई सुचनाको सही स्रोत मान्नु हुन्छ ?'
उनले पश्चिममा साँच्चै प्रजातन्त्र भएको भए असाञ्जलाई जेलभित्र लुकाउनु नपर्ने बताए । विकिलिक्समा २ लाख ५० हजार अमेरिकी गोप्य दसतावेज प्रकाशित भएपछि अमेरिकाले असाञ्जेमाथि दवाव दिंदै आएको थियो । यसैबीच अष्ट्रेलियाली असाञ्जले स्वीडेनमा दुई महिलामाथि योन दुर्व्यबहार गरेको आरोपमा बेलायतका पक्राउ गरिएका छन् । उनी हाल जेलमा छन् ।
बिकिलिक्सको समर्थनमा ह्याकरले स्विडेनको सरकारी वेव बन्द गराए
विकिलिक्स तथा यसका संचालक जुलियन असान्जको समर्थनमा रहेका ह्याकरहरुको साइबर आक्रमणबाट बिहीबार स्विडिस सरकारको आधिकारिक वेवसाइट केही घन्टा अवरुद्ध भएको छ। सरकारी वेवसाइटलाई ह्याकहररुले मध्यरातदेखि बिहीबार बिहानसम्म अवरुद्ध बनाएका थिए।
सरकारी प्रवक्ता मेरी टर्नवोले भने एएफपीसँग कुरा गर्दै ह्याकरको आक्रमणमा वेवसाइट परे नपरेको अहिल्यै भन्न नसकिने बताइन्। सुरक्षाको विषय भएकाले अहिले नै साइवर आक्रमण हो या होइन भन्न नसकिने उनको टिप्पणी थियो। अस्ट्रेलियाका ३९ वर्षीय असान्ज बेलायत प्रहरीको हिरासतमा छन्। स्विडेनमा बलत्कारको आरोप लागेका असान्जलाई बेलायत प्रहरीले गिरफ्तार गरेको हो। -एजेन्सी










0 comments:
Post a Comment