
ड्यानियल बाल्समलाई स्पाम भन्ने बित्तिकै घृणा लाग्छ । त्यसो त हरेक व्यक्ति स्पामलाई घृणा गर्छन् । तर यी व्यक्ति चाहिँ घृणा गर्नुभन्दा अलि बढी नै अघि बढिरहेका छन् । उनी घृणा गरिएका स्पामलाई आफ्नो इमेल इनबक्समा डिलिट बटम मात्र नथिची तिनलाई मुद्दासमेत हाल्ने गर्दछन् ।
आठ वर्षघि एउटा कम्पनीमा उनी मार्केटरको रुपमा काम गर्थे । त्यतिबेला उनलाई यति धेरै इमेलहरु आउँथे कि तीमध्ये केहीले त उनलाई उनको छातिलाई उन्नत बनाइदिने वाचाकसम पनि खाएका हुन्थे । यस्तो इमेलबाट वाक्कदिक्क भएका उनले एउटा वेबसाइट नै खोले- डानहेट्स्स्पामडटकम । उनले यो वेबसाइट चलाउन आफूले खाइरहेको मार्केटिङको जागीर नै छाडे र लागे कानून पढ्न । उनले कानूनको अध्ययनसँगै अहिले स्पामरहरुलाई मुद्दा हालेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । उनले विशेषतः सस्ता औषधि, प्रिm सेक्स अनि अविश्वसनीय भ्याकेसनका जङ्क मेलहरुलाई मुद्दा हाल्ने गरेका छन् ।
"मलाई लाग्छ, यस किसिमको काम गरेर मैले इन्टरनेटलाई थोरै भए पनि सफा पार्ने कोसिस गरिरहेको छु", बाल्समले भने- "वास्तवमा हामीलाई सूचनाको यो महासागरमा वाहियात् कुराहरु हटाउनुपर्ने बेला आएको छ ।"
उनले अमेरिकाको सानप|mान्सिस्कोको एउटा अफिसबाट कैयौँ मुद्दाहरु हालेका छन् र सन् २००८ देखि इमेल मार्केटरको विरुद्धमा जाइलागेका छन् । उनले सन् २००७ मा उनले कानूनमा ग्र्याजुएशन सकेपछि यही काममा लागिपरेका छन् ।
सिस्को सिस्टम इन्कले एक दिनमा २ सय बिलियन स्पाम म्यासेज पठाइरहेको हुन्छ । संसारभर पठाइने स्पाममध्ये ९० प्रतिशत हो । रमाइलो त के छ भने उनले यस्ता कम्पनीलाई हाल्ने मुद्दा र त्यसबाट जितेको रकमबाट आफ्नो जीवन गुजारा गरिरहेका छन् । उनले सबैभन्दा बढी जितेको रकम चाहिँ १० डलर हो । उनको इमेल बक्समा पठाइएका स्पाममध्ये अवैधानिक तरिकाले पठाइएका यी इमेलहरुले उनलाई आम्दानी गराउने गरेका छन् ।
enasha










0 comments:
Post a Comment