Translate

Wednesday

रेखालाई भुवनको बिहे प्रस्ताव

http://www.onlinekhabar.com/wp-content/uploads/2010/12/rekha-thapa1.jpg
नेपाली चलचित्र क्षेत्रका कतिपय कलाकारको बिहेको लगन जुर्न सकिरहेको छैन । राजेश हमाल जस्तो अधबैंसे नायक र रेजिना उप्रेती, झरना बज्राचार्य आदि जस्ता बैंस डाँडापारिको घाम हुन लागिसकेका नायिकहरूको समेत विवाहको लगन जुर्न सकिरहेको छैन । तर कोही कोही भने एक/दुई पटक होइन पटक पटक बिहे गर्ने सुरमा छन् भन्दा आश्चर्य लाग्न सक्छ ।
कुरा निखिल उप्रेती र सञ्चिता लुइँटेलको होइन । न त विराज भट्ट र जेनिशा मोक्तानको नै हो । कुरा हो नायिका प्रेमी भुवन केसीको । पच्चीस वर्षअघि नायकको रूपमा उदाएका भुवनका समकक्षी कलाकारहरूले अहिले चरित्र भूमिकासमेत पाउन छोडेका छन् तर भुवन भने नायककै रूपमा उभिरहेका छन् ।
यसका लागि भलै आफैले नै चलचित्र निर्माण किन गर्न नपरोस् । यसरी सदाबहार नायकको दर्जा पाएका भुवन अहिले फेरि बिहे गर्ने सुरमा छन् । सुरमा मात्र हैन, आफू लायकको नारीको खोजीमा पनि छन् ।
अब उनले यो क्रममा कस कसलाई रोजे वा प्रस्ताव गरे, त्यो त थाहा हुन सकेन । तर भित्री खबर अनुसार उनले यतिबेलाकी चर्चित नायिका रेखा थापा समक्षसमेत बिहेको प्रस्ताव राखेका छन् रे । भुवन आफैले बनाइरहेको ‘साथी म तिम्रो’मा रेखा नायिकाको रूपमा रहेकी छन् । यसै चलचित्रको छायाङ्कनको क्रममा भुवनले यसरी विवाहको प्रस्ताव राखेको गाइँगुइँ चलिरहेको छ । यो कुरामा भुवनले आˆनो मुख खोलेका छैनन् ।
तर रेखा भने, “भुवनदाई ठट्टा गरिरहनु पर्ने मान्छे । यो त उहाँले ठट्टा पो गरेको त ! यसलाई विनासित्ति चर्चा गर्नेहरू मूर्ख हुन्” भनिरहेकी छन् । निर्माता छवि ओझाकी श्रीमती रेखाले नै यसो भनेपछि पत्याउनै पर्‍यो । अरू उपाय नै के छ र ।

online khabar

0 comments:

Post a Comment