Translate

Sunday

भारतीय विमान अपहरणबारे चलचित्र

merocinema_in_400_01 
 
 
 
 
 
 
 
 
 
 
 
 
नेपाली आकाशमा भएको भारतीय विमान अपहरणबारे बनेको मल्यालम भाषी चलचित्र 'कान्दाहार' को प्रदर्शन थालिएको छ ।

मल्यालम चलचित्रका नायक मोहनलाल मुख्य भूमिकामा रहेको चलचित्रमा अमिताभ बच्चनले पनि अभिनय गरेका छन् । बच्चनले मल्यालम भाषी चलचित्रमा अभिनय गरेको यो पहिलो हो ।

सन् १९९९ डिसेम्बर २४ मा उडान ८१४ इन्डियन एयरलायन्स एयरबस ए३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या र अन्य धेरैलाई घाइते बनाइएको थियो ।  
 
mero cinema

0 comments:

Post a Comment