Translate

Wednesday

दूधले नुहाउने नेपाली र उडुस आयोग

दूधले नुहाउने नेपाली


रोजीरोटीको सपनामा चार वर्षअघि कतार मरुभूमि छिर्दा लालबन्दी-७ का बुद्धमान पाखि्रनलाई अनुमान पनि थिएन कि यो रेगिस्तानमा घाँसको खेती होला, यहाँ गाईपालन पनि होला अथवा यता दही-दूध चाख्न पाइएला ! तर, बुद्धमान दोहा सहरबाट झन्डै ५० किलोमिटर परको अलरकियास्िथत घाँसेमैदानमा काममा खटिए। नेपाल छँदा काठमाडौँभित्र गाडी चलाउने काममा रहेका उनले घाँसेमैदानमा पनि लोडर, टि्रपर चलाउनुपर्‍यो। मैदानबाट २५ किलोमिटर पर रहेको गोठमा दुई हजारभन्दा बढी हल्यान्डका विकासे गाईसमेत रहेछन्। त्यो 'मिल्की पार्लर'बाट दूधको ट्यांकर कुदाउनुपर्ने अनि गाईलाई घाँस ओसार्नुपर्ने ड्युटी उनको रहेछ।

नेपालमा रहेका छोराछोरीसहितको परविारको रेखदेखमा यो मरुभूमिको बास गर्नुपरेको भए पनि बालुवाका पहाड र बन्जर भूमिमा गैँती चलाउनेभन्दा थोरबहुत आनन्दको काम आफूले पाएकामा यी ४० वर्षे खुसी नै देखिन्थे। यसभन्दा बढी उदेकको कुरा पनि रहेछ उनीसँग। त्यो के भने बुद्धमानले यो मरुभूमिमा आएर दूधमा नुहाउन पाएका रहेछन्। दुई वर्षअघि एउटा मौकामा मिल्की पार्लरमा काम गर्ने बंगाली साथीले दूधले नुहाउने भए बाल्टिन लिएर आउन भनेछ।

ख्यालमै १८ लिटर दूध भरनिे बाल्टिनमा बुद्धमानले दूध थापेछन्। अनि, बाथरुममा गएर मगले उबाउँदै दूधले नुहाएछन्। हाम्रो नेपाली थेगोमा पनि 'दूधले नुहाएको को पो हुन्छ र?' भनिने गरेकामा यसलाई चुनौती दिएछन् बुद्धमानले, चोखिने अर्थमा। तर, नुहाएर रूमाल बेर्दै बाथरुमबाट यसो बाहिर के निस्िकएका थिए, झिंगा-भुसुनाको ओइरो लागेछ, उनको नांगो ज्यानमा। अनि, फेर िबाथरुम पसेर चिसोपानीले पखालिएर निस्िकए रे उनी। जेहोस्, दूधले नुहाउने नेपाली भएछन् उनी।





उडुस आयोग




कतारभूमिमा उडुस, साङ्ला र बिराला भन्नासाथ अति सहजै प्राप्त हुने जीव हुन्। कतार सरकारले एकपटक यहाँ बढेका मुसाको संख्या घटाउन बाहिरी देशबाट बिराला आयात गरेको थियो रे ! पछि मुसा त मासिए तर बिराला यति बढे कि सरकारले स्थानीय बजेटमा बिरालाको नियोजनका लागि योजना नै ल्याउनुपरेको रहेछ। अहिले पनि कतारी गल्ली-गल्लीमा बिरालाहरू त भेटिन्छन्। तर, यसभन्दा बढी समस्या भने उडुस र साङ्लाको रहेछ। एकदिन घुमफिरमा सनैया औद्योगिक क्षेत्रको एउटा क्याम्पमा पुग्दा उडुस-पीडा नजिकैबाट देख्न पाइयो।

श्रमिक साथीभाइको क्याम्पको कोठा भित्ताभर िमास्िकन - पानीटेप)को डाम देखिन्थ्यो। स्कुले होस्टेलजस्तो पंक्तिबद्ध खाटमा तन्किँदै सबै जना आ-आफ्ना डसना पत्रका कुनाकानी निचोर्दैर् थिए, त्यो उडुसको उत्खनन रहेछ। मास्िकन टेप भने उडुसलाई रगतपिच्छे नबनाईकन भित्तोमा जिउँदै टाँस्न अपनाइएको उपाय रहेछ। फेर िदोहा नेसनलका कमल मरहठ्ठा, राजेश्वर ढकालसहितका केही मित्रहरू भने स्प्रे-बट्टामा पेट्रोल भरेर पनि उडुस मार्नमा अभ्यस्त भइसकेका रहेछन्। बरु सबैभन्दा गतिलो 'आइडिया' र प्रविधि भने सनैयाकै क्याम्पमा भेटियो। श्रमिक क्याम्पका साथीभाइको कोठा-भित्तोमा एउटा आयोग गठनको सूचना थियो। नेपाली काइदामा आफ्नै स्वादले लेखिएको थियो ः उडुस रोकथाम आयोग तथा छानबिन समिति, सनैया-४१।

एक जना सुवास कोइराला नामका मोरङ घर भएका युवा, यो आयोगका अध्यक्ष रहेछन्। झापा, दमकका जयराज, मोरङ, लेटाङका हंसबहादुर, काठमाडौँ, मूलपानीका डिल्लीरामसहितका अरू पात्रहरू भने आयोगका मानार्थ सदस्य रहेछन्। "खासै गर्न त केही सकिने होइन। तर, नेपालमा बन्नेजस्तै देखावटी आयोग बनाएर भए पनि उडुस तर्साउन खोजेका हौँ," रसिक स्वभावका आयोग अध्यक्ष सुवास सुनाउँछन् ।

देवेन्द्र भट्टराई

0 comments:

Post a Comment