Translate
Friday
हेरदाहेर्दै प्लेन खस्यो
अर्जेन्टिनी आकाशमाथि प्लेनको चर्तिकला देखाउँदै गर्दा प्लेन दर्ुघटना भएको तर् दर्शकले खुला आँखाले देख्न पाए नै, तर प्लेन चलाइरहेका पाइलट चाहिँ अचम्मै किसिमले दर्ुघटनाबाट बाँचेको देख्न पाउँदा चाहिँ दर्शकहरुले अचम्म माने । २२ वर्षो डिनो मोलिनले दर्ुइ सेकेण्ड मात्रै निर्ण्र्ाागर्न ढिला गरिदिएको भए, प्लेनसँगै उनको पनि सद्गत् हुन्थ्यो होला तर जब प्लेन सीधा मुन्टिन थाल्यो, डिनोले प्लेनलाई छाडेर प्यारासुट निकाली फुत्किहाले ।
चित्रमा देखिएको दर्ुघटनाको तश्वीर फोटोग्राफर ग्याब्रियल लुकले खिचेका हुन् । उनी त्यस घटनाको प्रत्यक्षदर्शी थिए र थिए अन्य ३ हजार दर्शकहरु पनि । शान्ता फे शहरमा हरेक वर्षआयोजन हुने हावा पर््रदर्शनीमा यो दर्ुघटना हुन पुगेको थियो ।
रमाइलो त के देखियो भने जब प्लेन मुन्टिन थाल्यो, चालक मोलिनले दर्ुइ तीन पटक हावामा कावा खाँदै आफू बाँच्न सफल भए । उनले चलाएको रन्स एस-९ विमानबाट उनी अलग हुँदाको दृश्य त्यहाँका प्रत्यक्षदर्शीहरुका लागि साँच्चिकै उदेकलाग्दो बन्न पुग्यो ।
उनले प्यारासुट खोल्दा प्लेन तल झर्ने क्रममा केही सुस्त गति त आयो तर अझै केही सेकेण्ड कुरेको भए, चालक मोलिनको हाडखोरसमेत नभेटिने स्थिति थियो । यति हुँदाहुँदै पनि उनको एउटा गोडामा आगोले पोल्न पुग्यो । उनले भने- 'के भयो भन्ने मलाई थाहा छैन तर विष्फोट भयो भन्ने चाहिँ थाहा
पाएँ । तर जब केही गडबड भयो भन्ने थाहा हुने बित्तिकै प्लेनको पङ्खाले मेरो गोडामा नराम्रोसँग धक्का दियो । यत्ति नै बेला मेरा साथीहरुले रेडियोमा प्यारासुट खोल्न आदेश दिए । सोच्ने फर्ूसद नै थिएन र उनीहरुले भने अनुसार गर्दा मेरो ज्यान जोगियो ।'
enasha
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment