Translate
Tuesday
आफ्नै दाह्री खान बाध्य पारियो
अमेरिकाको केन्टुकी निवासी एक व्यक्तिका दर्ुइ जना मिल्ने साथीहरुले आफूमाथि बर्बर यातना दिएको आरोप लगाएका छन् ।
घरमा खाना खाने निम्तो दिएका जेम्स हिल र ट्रोय हल्टले ती व्यक्ति र तिनको दाजुलाई खाना खान घरमा बोलाएका थिए । आफू पुग्नुअघि नै उनीहरु जाँडले टिल्ल भइसकेका र जबरजस्ती दुबो काट्ने मेसिन किन्न बाध्य पारेको पनि तिनले प्रहरीलाई बताएका छन् ।
स्थानीय टीभीमा दिएको एक अन्तरवार्तामा नाम नखुलाइएका ती व्यक्तिलाई आफ्नै साथीहरुले दुबो काट्ने मेसिन किन्न २ सय ५० डलर मागेका थिए । "मैले शुरुमा यति मात्रै छ भनेर २० डलर दिएँ", पीडित व्यक्तिले भने- "तर उनीहरुले मसँग पैसा भइकन पनि नदिएको ठानेछन् ।"
आफूसँग पैसा नभएको बताउँदा बताउँदै पनि कुरा नसुनेपछि केही भनाभन हुँदाहुँदै साथीहरुले चक्कु र बन्दूक निकाल्न थालेपछि चाहिँ आफू बेक्कारमा साथीहरुको जाँड खान पुगेकोमा पछुताएछन् ।
तर उनी सम्हालिन नपाउँदै दर्ुइ साथीहरुले उनको लामो दाह्रो काटेर जबरजस्ती उनलाई खान बाध्य पारेछन् ।
यो समाचारलाई अमेरिकाको केन्टुकीस्थित लेक्स १८ न्यूजले प्रसारण गरेको थियो । टीभी हर्ेन नपाउनेले यो समाचार युट्युबमा हेरेपछि ३ लाखभन्दा बढीले त्यो भिडियो हेरिसकेका छन् ।
यस्तो अपराधमा समावेश भएको आरोपमा ती दर्ुइ साथीलाई प्रहरीले पक्राउ गरिसकेको छ र अर्को साता जेल हालिने सम्भावना रहेको पनि समाचारमा जनाइएको छ ।
enasha
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment