Translate

Friday

ग्ल्यामर कुरा Of The Week

दीपिकाको अनौठो उपहार

कुरा, निर्देशक करन जौहरको कार्यक्रम 'कफी विथ करन' को । उक्त कार्यक्रममा अतिथि बनेकी अभिनेत्री दीपिका पादुकोणेसितको कुराकानीका क्रममा कार्यक्रम संचालक  करनले दीपिकालाई आफ्ना पूर्वप्रेमी अभिनेता रणवीर कपुरलाई कुनै अनौठो उपहार दिनुपरे के दिनुहुन्छ ? भनी गरेको प्रश्नमा दीपिकाले सहज रूपमा 'अ प्याकेट अफ  कन्डमस्' भनेर उत्तर दिएकी थिइन् । यसैगरी अभिनेत्री कटरिना कैफलाई के भन्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा दीपिकाले- म उनको पासपोर्ट हेर्न चाहन्छु भनेकी थिइन् ।

सम्बन्धविच्छेदको तयारी

हलिउड नायिका इभा लङ्गोरिया पार्करले टोनी पार्करसँग पारपाचुके गर्ने भएकी छिन् । त्यसका लागि उनले अदालतसमक्ष आवेदनसमेत दिइसकेकी छिन् । इभा र टोनीले  तीन वर्षअघि प्रेमविवाह गरेका थिए । 'श्रीमान्सँग वैचारिक असमझदारी बढेपछि यस्तो निर्णय गर्न बाध्य भएँ, सफल चलचित्र 'डेस्परेट हाउसवाइफ्स' यी नायिकाले  बास्केटबल खेलाडी श्रीमान्सँग कानुनी रूपमा अगल हुन लस एञ्जलस सुपेरियर कोर्टमा आवेदन दिएकी छिन् । २००६ को नोभेम्बरमा पहिलो पटक भेटेको यो जोडीले  २००७ को जुलाइमा फ्रान्सको पेरिसमा विवाह गरेको थियो । ३५ वर्षीया ईभा तथा २८ वर्षीय टोनी पारपाचुके पछि असल साथीका रूपमा बस्न सहमत भएका छन् ।

मारिया गर्भवती भएपछि

पप गायिका मारिया केरी गर्भवती छिन् । उनी आफ्नो गर्भावस्थाबाट प्रेरित भएर महिलाहरूका लागि यो समयमा लगाइने पहिरन डिजाइन गर्ने योजना बनाउँदै छिन् ।  कन्ट्याक्ट म्युजिक डटकमले जनाएअनुसार केरीले हालै मात्र आफ्ना श्रीमान् निक केननलाई साथै राखेर नवजात शिशुलाई जन्म दिनेछिन् । केरीका अनुसार गर्भवती  भएको बेला उनको शरीरमा आएको परिवर्तनअनुरूपका पहिरन बजारमा उपलब्ध छैनन् । त्यसैले उनले आफू मात्र होइन, अन्य महिलाहरूलाई समेत गर्भवती भएको बेला  लगाइने पहिरन डिजाइन गर्न प्रेरित गरिरहेकी छिन् । केरी भन्छिन्- 'म आफैं पनि गर्भावस्थाका लागि पहिरन डिजाइन गर्न चाहन्छु । यो कार्यमा म कत्तिको सफल हुन्छु  हेर्न बाँकी नै छ ।'

विद्या बालन ब्याकलेसमा

एकपछि अर्को गर्दै बलिउड बालाहरूले बिकिनी वेयरमा आफूलाई बोल्ड र ग्ल्यामरस भएको देखाइरहेको बेला अभिनेत्री विद्या बालन भने आफूलाई ग्ल्यामरस देखाउने  क्रममा अरूभन्दा भिन्न रूपमा प्रस्तुत भएकी छिन् । एफएचएम म्यागाजिनको इन्डियन भर्सनको तेस्रो एनिभर्सरी अंकको आवरणमा विद्या अनड्रेप्ड साडीको ब्याकलेस पो जमा प्रस्तुत भएकी हुन् । विद्याका अनुसार- साडी त्यस्तो पहिरन हो जसले चाहिए जति देखाउँछ र चाहिएजति नै लुकाउँछ, यो एक प्रकारको जिस्क्याइ हो । भनेपछि विद्या  जिस्किन मन पराउँछिन् ।

S नभन्नु ल

पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले हालै एक समारोहमा संचारकर्मीहरूसितको कुराकानीका क्रममा आफूलाई अबदेखि एस भनेर सम्बोधन नगर्न अनुरोध गरेकी छिन् ।  आफूलाई ऐश्वर्या नै भनेर बोलाउन उनले सञ्चारकर्मीसित अनुरोध गरेकी छिन् । आफू बलिउडमा आउँदा आफ्नो नाम उच्चारण गर्न गाह्रो भएकाले प्रायः सबैले एस  भनेर सम्बोधन गरेको तर आफू बलिउडमा लामो समयदेखि काम गरिसकेको हुनाले अब सबैले आफ्नो पूरा नाम राम्रोसँग उच्चारण गर्न सक्ने भएकाले एसको साटो ऐश्वर्या नै भनेर सम्बोधन गर्न उनले अनुरोध गरेकी थिइन् ।

दुलही बन्दैछिन् जेसिका

हलिउड नायिका जेसिका सिम्पसन दोस्रो पटक दुलही बन्दैछिन् । आगामी क्रिसमसका अवसरमा उनले आफ्ना प्रेमी एरिक जन्सनसँग प्रणय-सम्बन्ध गाँस्ने निर्णय गरेकी  छिन् । जेसिकाले चार वर्षअघि मात्र पूर्वश्रीमान् निक लेचीसँग सम्बन्ध-विच्छेद गरेकी थिइन् । सिम्पनले पूर्वश्रीमान्ले अर्को विवाह गर्नुअघि नै आफूले दोस्रो विवाह गर्ने निणर् य गरेको बताएकी छिन् । 'म विवाहको मामिलामा पूर्वश्रीमान् लेचीलाई जित्न चाहन्छु,' जेसिका भन्छिन्, 'त्यसैले उनले भन्दा पहिले मैले नै अर्को विवाह गर्ने निर्णय गरेकी  हुँ ।' सिम्पसनका पूर्वश्रीमान् लेचीले विवाह गर्ने घोषणा गरेको दस दिनपछि नै ३० वर्षीया गायिका तथा नायिका सिम्पसनले छ महिना पुराना प्रेमी जन्सनसँग यसै साता  इन्गेज्मेन्ट गरेकी छिन् । लेचीले पनि सिम्पसनसँग सम्बन्ध-विच्छेद गरेपछि चार वर्ष पुरानी प्रेमिका वेनेसा मिन्निलोसँग विवाह गर्ने घोषणा गरेका छन् ।

0 comments:

Post a Comment