'१२७ आवस्र'मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता जेम्स फ्रान्को र अभिनेत्री एन्नी हाथवेए ८३ औं एकेडेमी अवार्ड ओस्कारको प्रस्तोताका लागि घोषित भएका छन् । द एकेडेमी अफ मोसन पिक्चस्र आर्टस एन्ड साइन्सेसले बुधबार दुवैलाई ओस्कार होस्टका लागि मनोनयन गरेको घोषणा गरेको छ ।'ती दुवै अभिनेता र अभिनेत्री भविष्यको हलिउडका आशालग्दा धरोहर हुन्, फ्रेस, उत्साही र बहुमुखी पनि छन्' ओस्कार टेलिकास्ट प्रवक्ता ब्रुस कोहेन र जोन मिकरले संयुक्त विज्ञप्तीमा भनेका छन् 'आगामी फब्रुअरी २७ मा दुवैले आफ्नो लुकेको क्षमता प्रस्तुत गर्नेमात्र छैनन सिँगो विश्वलाई नै मनोरन्जित तुल्याउनेछन् ।'
बि्रटिस डिरेक्टर डेनी बोयलको चलचित्र '१२७ आवस्र'मा अभिनयपछि ३२ वर्षिय फ्रान्कोले दर्शक र समीक्षकबाट राम्रो रिभ्यू बटुलेका थिए । यसअघि फ्रान्कोले ह्यारी अस्बर्नका रुपमा 'स्पाइडर म्यान', 'इट प्रे लभ', 'डेट नाइट', 'मिल्क' र 'पाइनापल एक्सप्रेस'मा अभिनय गरेका थिए । फ्रान्को दोस्रोपटक ओस्कार टेलिकास्टमा देखापर्न लागेका हुन् ।
एकेडेमी अवार्डको आगामी संस्करण लसएन्जल्सको कोडाक थिएटर डाउनटाउनमा फेब्रुअरी २७, २०११ मा आयोजना हुँदैछ ।
mero cinema










0 comments:
Post a Comment