Translate

Monday

आँखामा पौडिरहेको सपना

sleep
एउटा नयाँ शोधका अनुसार जागा रहेका बेला आधा समय मानिसहरु मात्र सपना देख्ने गर्दछन् । आईफोनको माध्यमबाट गरिएको यो शोधमा शोधार्थीहरुले मानिसहरु जुन काममा लागेका छन्, त्यस बारेमा सोच्दैनन् बरु उनीहरु करिब आधा समय मात्र सपना देख्ने गर्दछन् ।
करिब २२०० मानिसले आफ्नो फोनमा एक एप्लिकेशन डाउनलोड गरे, जसको माध्यमबाट दिन र रातको समयमा उनीहरुको विचार र मनोभावहरुका बारेमा एउटा सर्वेक्षण गरियो ।
अमेरिकाको हावर्ड विश्वविद्यालयमा गरेको यो अध्ययनबाट ३० प्रतिशतभन्दा बढी समयमा मानिसहरुको दिमाग महत्वपूर्ण कामका बेला पनि भड्किरहने गरेको पत्ता लगेको हो । एक बेलायती विशेषज्ञका अनुसार अन्य अध्ययनबाट पनि यही पुष्टि भएको छ कि मानिसहरुको ध्यान सहजै भड्कने गर्दछ।
उ के गरिरहेको छ भन्ने जान्नका लागि यस अध्ययनमा सहभागीलाई एक मेन्युबाट एउटा छान्न भनियो । के उ त्यो कामको विषयमा सोचिरहेको छ र उ कति खुस वा बेखुस छ ?
केही सहभागीहरुबाट जब सम्पर्क गरियो त आश्चर्यजनक रुपबाट उनीहरु त्यतिबेला पनि सवेक्षणमा भाग लिन तयार थिए जब उनीहरु प्रेमालापमा मस्त थिए । यद्यपि यो अध्ययनमा उनीहरुले मात्र भाग लिए जोसँग आइपोन थियो। र जो डाउनलोडका लागि तयार थिए । तर यसबाट स्पष्ट हुन्छ कि कसरी हाम्रो दिमाग यताउता भड्किरहन्छ । यो अध्ययनबाट थाहा हुन्छ कि हाम्रो मन त्यो चिजको सम्झनामा हुन्छ जुन हाम्रो सामु उपस्थित छैन । जसको मन कामका क्रममा भड्किरहयो उनीहरु अधिकांशले बेखुस भाव प्रकट गरे ।
किलिंग्सवर्थका अनुसार मन भड्कनु मानिस खुसीको राम्रो सूचक हुन सक्दछ । यद्यपि यो अध्ययनबाट यो स्पष्ट हुँदैन कि मन भड्कनु बेखुस हुनुको कारण हो वा परिणाम ।

बीबीसी

0 comments:

Post a Comment