बैङ्कक। थाइल्याण्डको प्रहरीले आज राजधानी बैङ्ककस्थित एक बौद्ध गुम्बाबाट अवैधानिकरुपमा गर्भपतन गराई राखिएका करिब १७ सयवटा भू्रण भेटेको जनाएको छ ।समाचारमा दुई हजार भन्दापनि बढी यस्ता भू्रण सो मन्दिरमा प्लास्टिकको झोलामा बेरेर राखिएको अवस्थामा भेटिएको बताइएको छ ।
गैरकानुनीरुपमा गर्भपतन गराई ती भ्रूण सो मन्दिरको परिसरमा राखिएको र प्रहरीले अनुसन्धानका क्रममा ती सबैजसो भ्रूण भेटेको जनाएको छ ।
यो हप्ताको सुरुमा प्रहरीले गरेको एक अनुसन्धानका क्रममा करिब साढे तीन सय वटा यस्ता भू्रण भेटिएपछि प्रहरीले सोही मन्दिरमा थप अनुसन्धान गरेको थियो ।
प्रहरीले सो प्रयोजनका लागि अनुसन्धान गर्न उक्त गुम्बाका दुइजनालाई नियन्त्रणमा लिई यसै हप्ताको सुरुदेखि अनुसन्धान थालेको थियो ।
बैङ्कक प्रहरीको सो क्षेत्रका कमाण्डर कर्णेल सोमबात मिलिन्ताजिन्दाले भने आजसम्मको अनुसन्धानबाट सो गुम्बाबाट एक हजार ६५४ वटा भ्रूण भेटिएको छ ।
ती भू्रणमध्ये कतिपय वर्षदिनदेखि सो गुम्बामा भण्डारण गरेर राखिएको पाईएको पनि ती प्रहरी अधिकारीले जानकारी दिए ।
यो समाचारले थाईल्याण्डलाई नै निकै स्तब्ध तुल्याएको बताईएको छ । आजविहानै देखि त्यहाँका सञ्चारमाध्यमहरुले यो समाचार शम्प्रेषण गरिरहेका छन् ।
यो घटनाले थाईल्याण्डको कानुनको खिल्ली उडाएको पनि केही समाचारमा विश्लेषण गरिएको छ ।
यदि कुनै बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा नकारात्मक असर पर्छभने र कुनै महिलाको गर्भ बलात्कारबाट रहेको छ भने त्यस्तो अवस्थामा मात्र थाईल्याण्डमा गर्भपतन गराउनन पाउने कानुनी प्रावधान छ ।
थाई प्रधानमन्त्री अभिजित भिजाजिभाले यो घटनालाई नर्दियीताको नमूनाका रुपमा टिप्पणी गर्नुभयो । तर उहाँले थाइल्याण्डमा गर्भपतनको कानुनी मान्यताका बारेमा कुनै टिप्पणी गर्न भने मान्नुभएन । त्यहाँ यससम्बन्धी कानुनको आवश्यकताका बारेमा कुनै सुझाव नदिई उहाँले यससम्बन्धी प्रावधान देशमा खुकुलो नै रहेको बताउनुभयो ।
एक तथ्याङ्कअनुसार थाईल्याण्डमा वर्षेनी करिब दश लाख महिलाले गर्भधारण गर्ने गर्दछन् । यी मध्ये करिब ८० हजार गर्भ गैरकानुनीरुपमा नै पतन गराउने गरिएको अनुमान रहेको छ । एएफपी










0 comments:
Post a Comment