
शरीर सफा गर्ने बानी बाल्यावस्थाबाटै सुरु हुन्छ । बिहान दाात सफा गर्नेदेखि नुहाउने, सफा कपडा, खाना खानुभन्दा पहिले तथा शौच गरिसकेपछि हात धुने र राति सुत्नुपूर्व कपडा बदल्ने काम सरसफाइको प्रथम शिक्षाका रूपमा अगाडि आउँछ । यद्यपि दाात एवं ब्रस सफा र सही स्थानमा राखिएको, स्नानघरमा बाल्टिन, मग, साबुन, तेलको सिसी र अन्य प्रसाधन सफा हुनु, वासमेसिन, टोयलेट सीटको हाइजेनिक सफाइ अर्थात् स्वच्छता, सफा भुइँ आदि कुरामा पनि उत्तिकै ध्यान जानु जरुरी छ । घरलाई चम्किलो बनाएर मात्र हँँदैन, कीटाणुरोधक औषधि मिसाएर त्यसलाई स्वच्छ बनाएपछि मात्र रोगबाट बच्न सकिन्छ ।
यसैगरी पहिरनको पनि आफ्नै महत्व हुन्छ। फेसन, ट्रेन्ड, चलन वा रुचिअनुुसार पहिरन लगाउनु मात्र पर्याप्त हुँदैन । आरामदायक र सफा पहिरनले व्यक्तित्वमा निखार ल्याउने तथा आत्मविश्वास प्रदान गर्ने काम गर्छ । बाहिरी पहिरन सफा भए पनि भित्री पहिरन फोहोर भए स्वस्थ्ा रहन सकिँदैन । घाममा सुकाइएका कपडा निश्चित रूपमा हाइजेनिक हुन्छन्। आइरन पनि कपडा सफा राख्ने राम्रो विकल्प हो ।
आन्तरिक रूपले गरिने सरसफाइले मनलाई सफा गर्छ । यसबाट व्यक्तित्व पनि प्रभावशाली बन्छ । वास्तवमा मनको फोहोर, मानसिक विकार, दूषित विचार, कलुषित भावना, अन्तर्मनमा कालोपन भएको व्यक्तिले यो कुरालाई बुझ्न सक्छ मात्र अलिकति सूक्ष्म दृष्टि तथा केही बढी जागरुकताको आवश्यकता पर्छ । यस विषयमा व्यक्ति स्वयंलाई जानकारी नभए वा बुझ्न नचाहे मानसिक मैलोपन बढेर व्यक्तित्वमा दुस्प्रभाव फैलन्छ। नकारात्मक विचार वा निराशा त्यस्तो आन्तरिक मैलो हो, जसले धेरै प्रकारका समस्या जन्माउँछ।
स्वच्छ वायुमण्डलमा भ्रमण, प्रकृतिको सान्निध्य, सामाजिक मेलमिलाप, स्वस्थ पठनपाठन एवं स्वच्छ मनोरञ्जनले मानसिक तनावलाई टाढा भगाउँछ। यस्तै भित्री वा मानसिक शुद्धता ल्याउन इच्छाशक्तिले प्रमुख भूमिका निर्वाह गर्छ। सफाइलाई स्वच्छताको स्तरसम्म ल्याउन शरीर मन, बुद्धि, विचार, व्यवहार, घरपरिवार, वातावरण एवं पर्यावरण आदिका सम्बन्धमा ठूलो-सानो कुराको जानकारी राख्न तथा कुनै उपायद्वारा धूलोमैलो हटाउन आवश्यक छ। स्वच्छ जीवनशैली अपनाएर जिउने तरिका सिक्न घरभन्दा राम्रो शिक्षण संस्था अरू कुनै हुन सक्दैन ।










0 comments:
Post a Comment