Translate

Sunday

ब्याटम्यानका फ्यानको लागि


सन् १९६० को दशकमा टेलिभिजनको पर्दामा उदाएको सुपरहिरो ब्याटम्यानको लोकप्रियता अहिले पनि कम छैन । त्यसैले त यसका फ्यानहरु मौका पाउना साथ आफूलाई मनपर्ने सुपरहिरोलाई सम्झने काम गरिहाल्छन् । जस्तो कि अहिले अमेरिकामा सन् १९६० को दशकमा ब्याटम्यान चढ्ने कारको पर््रदर्शनी हुना साथ प्रशंसकहरुले कारलाई घेरिहाले ।



ब्याट म्यानका फ्यानहरुले कारलाई ब्याट मोबाइल नाम दिएका छन् । यो कारको मूल्य १ लाख २० हजार पाउन्ड भए पनि किन्न तँछाडमछाड गरिरहेका छन् ।

अब डाक बढाबढ भएकाले यो गाडी कसको हातमा पर्छ, त्यो त भन्न नसकिएला तर जसको हातमा परे पनि र संसारको जुनसुकै कुनाका व्यक्तिको भाग्यमा लेखिएको भए पनि डाक बढाबढमा जित्ने व्यक्तिको घरैसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइएको छ । डाक बढाबढ फायरबक्सडटकमले गरिरहेको छ ।

यो कारको विशेषता के छ भने यसमा हालिएका सिट छालाले मोरिएका छन्, सिटलाई आरामदायक बनाउन पुस बटमसमेत राखिएको छ । यो कारलाई जीएम ३५० मोडल भनिएको छ भने यो कारले टीभीका पर्दामा देखाएझैँ आगो ओकल्ने पनि गर्दछ ।

"अब यो त भन्नै पर्दैन कि ब्याटम्यानले चढ्ने गरेको यो कार सस्तो दाममा त नआउला !" डाक बढाबढ गर्ने फायरबक्सका पदाधिकारीले यसको महँगो चाल देखेर स्पष्टीकरण दिँदै भने- "तर जसले आफ्नो बच्चा बेलाको हिरोको कार चढ्ने मौका आएको देख्छ, शायद उसले पैसाको मुख चाहिँ नहर्ेला !"

यो कारमा ब्याट म्यानको कारझैँ सुविधाहरु रहेका छन्, जस्तो कि ड्यासबोर्ड ढोका खुल्ने, रातो बत्ती बल्ने, स्वचालित रुपमा नै ब्याट बिम एन्टिना चल्ने अनि राडारयुक्त स्क्रीन आदि । कारलाई २१ औँ शताब्दी अनुकूल बनाउनका लागि कारभित्र ६ स्पिकरयुक्त साउण्ड सिस्टम र डीभीडी प्लेयरसमेत जडान गरिएको छ

0 comments:

Post a Comment