
बत्ती अब साताको १३० घन्टा मात्र आउने भएको छ ।नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागु हुनेगरी लोडसेडिङको अवधि बढाएको छ । यसअघि साताको २९ घण्टा लोडसेडिङ हुँदै आएकोमा आइतबारदेखि सातामा ३८ घण्टा लोडसेडिङ हुनेगरी तालिका परिवर्तन गरिएको छ ।
७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजना मर्मतसम्भारका बन्द भएपछि लोडसेडिङको अवधि बढाइएको प्राधिकरणले जनाएको छ । ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्वाइन मर्मतको क्रममा तीन साताका लागि पूर्णरुपमा बन्द गरिएको छ ।
नयाँ तालिकाअनुसार आइतबार, मंगलबार, बुधबार र विहीबार ५ घण्टाको दरले दैनिक लोडसेडिङ हुनेछ । यसैगरी सोमबार ६ घण्टा तथा शुक्रबार र शनिबार साढे ५ घण्टाको दरले लोडसेडिङ हुने छ ।
हेटौडा-वीरगन्ज ६६ के.भी.-१ सर्किट हरेक दिन ११ बजेदेखि ६ बजेसम्म लोडसेडिङ हुने छ । यसैगरी ११ के.भी. औद्योगिक फिडरहरुको हकमा हरेक दिन १० बजे देखि भोलीपल्ट विहान ५ बजे बजेसम्म र ३३ के.भी.बाट वितरण भएका उद्योगहरुको हकमा हरेक दिन ९ बजेदेखि भोलिपल्ट विहान ४ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
कोहलपुरदेखि पश्चिम तथा दुहवी र अनारमनी सवस्टेसनबाट आपुर्ति हुने क्षेत्रहरुको हकमा पनि स्थानीय रुपमा लोडशेडिङको तालिका तय गरिएको छ ।










0 comments:
Post a Comment