पर्ूर्वी चीनको एक शहरमा सडक काट्नका लागि बनाइने जेब्रा क्रस गर्ने ठाउँ छेउमा बाँदरले सडक पार गरिरहेको चित्र टाँसेकामा स्थानीयबासीहरुले विरोध गरेका छन् ।
सडक वारपार गर्ने एउटा कुनामा चाहिँ जेब्रा क्रसिङमा मानिसले नै सडक पार गर्नुपर्ने चित्र बनाइएको छ भने अर्को कुनामा चाहिँ बाँदरले सडक पार गरिरहेको चित्र बनाइएको छ । यो चित्र स्थानीय अखबारमा छापिएपछि स्थानीयबासीहरुले मानिसहरुको अपमान भएको भन्दै शहरी विकास आयोगमा गुनासो गरेका छन् ।
"हामीले सडक पार गर्ने निश्चित ठाउँलाई "जेब्रा क्रसिङ" भन्ने सुनेका थियौँ तर जन्मेर यत्रो भइन्जेल "बाँदर क्रसिङ" भन्ने चाहिँ सुनेका थिएनौँ", हाङझो निवासी स्थानीय बासिन्दाले हाँस्दै भने- "बाँदरले सडक पार गर्दै गरेको देखाएर त्यो लडीबुडी गर्ने ठाउँ हो वा पिङ खेल्ने ठाउँ हो भनेर बुझाउन खोजिएको हो कि !"
enasha











0 comments:
Post a Comment