Translate

Tuesday

कलाकार भुटानीको निधन

bhutani_in_400बरिष्ठ कलाकार गोपाल भुटानीको निधन भएको छ । जनमैत्री अस्पतालमा उपचारका क्रममा भुटानीको सोमबार बिहान एघार बजे निधन भएको हो ।

७८ वर्षिय भुटानी पेटको क्यान्सरबाट पीडित थिए । उनलाई सोमबारबाटै अिक्सजन दिइएको थियो उनको उपचारमा संलग्न चिकित्सक धीरेन्द्र मल्लले भुटानीको निधन भएको पुष्टि गरे । मल्लका अनुसार भुटानीको अवस्था राती साढे एकबजेदेखि नै स्थिर बनिसकेको थियो र कोमामा राखिने तयारी भैसकेको थियो ।

चिकित्सकहरुले यसअघि नै उनको क्यान्सर संक्रमणको उपचार सम्भव नभएको भन्दै भक्तपुर क्यान्सर अस्पतालबाट उनलाई डिस्चार्ज गरिसकेका थिए । 'उहाँको क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेको थियो' चिकित्सक मल्लले मेरोसिनेमासँग भने 'मुटुको प्रेसरलाई नियन्त्रण गर्ने औषधीहरु हामीले दिइरहेका थियौं । प्रशस्त लवणहरु पनि दिएका थियौं तर त्यसले काम गरेन ।'

निधनको दुईसाता अघिदेखि नै उनले ठोस र तरल दुवैप्रकारका खानेकुरा लिएका थिएनन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज गरेपछि त उनको रक्तचाप पनि निकै बढेको थियो । निधनको केहीबेरअघि सम्म पनि उनलाई चिकित्सकहरु लवणयुक्त पानी दिइरहेका थिए ।

उनको मृत्युको खबर सुन्नेवित्तिकै भुटानीलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न चलचित्र विकास बोर्डका अध्यक्ष अमर गिरी, चलचित्र कलाकार, निर्माता, निर्देशक, पत्रकार र उनका शुभेच्छुकहरु बालाजुस्थित जनमैत्री अस्पताल पुगेका थिए ।

भुटानीको पार्थिव शरिरलाई सोमबार बेलुका स्वयम्भुमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिने भएको उनका सहयोगी राजेन्द्र खड्गीले बताए । खड्गीले नै भुटानीको शवमा दागबत्ती दिनेछन् । नेपाली चलचित्रमा द्धन्द्धविधाको थालनी गर्ने श्रेय बोकेका भुटानीले डेढसयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्

mero cinema

0 comments:

Post a Comment