Translate

Monday

दुई खुट्टे पाठोको मोह



दुई महिनाअघि जन्मदै दुई वटा मात्र खुट्टा लिएर जन्मेको एउटी भेडीको पाठोलाई चीनको एउटा किसान परिवारले खुसीपर्ूवक पालेका छन् ।

स्याङदोङ प्रान्तको लाइजोउस्थित दादोङझुङ गाउँमा कर्ुइ जिङजिउको घरमा ब्याएकी भेडीले दर्ुइ पाठा जन्माएकी थिई । तीमध्ये एउटा पाठो चाहिँ दुई गोडाबिना नै जन्मिदियो ।



"पहिले जन्मिएको पाठो चाहिँ निकै स्वास्थ र साधारण जन्मियो । उसमा कुनै किसिमको समस्या देखिएन । तर दोस्रो पाठोले हाम्रो पूरै गाउँलाई नै छक्क पारिदियो", किसान कर्ुइले पाठो देखाउँदै भनिन् ।

"अब अहिले पछाडिका दर्ुइ वटा गोडा नभए पनि अगाडिका दर्ुइ वटा खुट्टाले नै काम चलाउन थालेकोमा मलाई ज्यादै खुसी लागेको छ", उनले आफ्नो आर्श्चर्य लुकाउँदै भनिन् ।

त्यसो त दुई वटा गोडा मात्र लिएर जन्मेको यो पाठो बाँच्ला कि नबाँच्ला भन्ने पीर थियो । तर जसोतसो बाँचेर अहिले संर्घष्ा गरिरहेको छ । तर यसलाई बचाउन पनि यी किसानलाई कम्ता सकस परेन । उसकी आमाको दूध बोतलमा दुहुने र त्यही दुहेको दूधलाई बोतलबाट खुवाउने गर्दागर्दै दर्ुइ महिनाको हट्टाकट्टा पाठोमा परिणत भइसकेको छ ।

रमाइलो त यी किसानलाई के भइदियो भने जन्मेकै भोलिपल्टदेखि आफ्नै दुई खुट्टालाई व्यवस्थापन गर्दै उप|mीपाप|mी गर्न भने चुकेन ।

"सुरुमा दर्ुइ गोडाले मात्र उठ्न बस्न निकै सकसपर्ूण्ा संर्घष्ा गर्नुपर्‍यो तर अहिले त्यसलाई व्यवस्थापन राम्रोसँग गर्दै हावामा उभिन सक्ने भयो", उनले भनिन्- "यो निकै तगडा आत्मबल भएको पाठो रहेछ । नत्र त दुई गोडाले पनि यस्तो जनावर के बाँच्थ्यो होला र -"

0 comments:

Post a Comment