
आमा भन्ने शब्दले सिर्जना र संरक्षणको अर्थ दिन्छ तर फ्रान्सको ग्रामीण इलाकाकी एक महिलाले आफैँले सिर्जना गरेका आठ नवजात शिशुको जन्मिनासाथ घाँटी थिचेर हत्या गरेको प्रकाशित भएपछि संरक्षण गर्ने आमाको पहिचान ध्वस्त पारेकी छिन् । हत्याको खुलासा २० वर्षपछि भएको हो ।
डोमिनिक कोटरेज नामकी पैंतालीस वर्षीया ती महिलाले आफ्ना सबै गर्भ लुकाएर बच्चालाई जन्म दिएकी र कसैलाई थाहै नदिई हत्या गरेर जमिनमा गाडेको रहस्य ढिला खुलेको बताइएको छ । प्रहरीले सो स्थानमा आठ वटा नवजात शिशुको कंकाल भेटेपछि नर्सिङ सहयोगीका रुपमा कार्यरत ती महिलामाथि आशंका गरेको थियो ।
ती नवजात शिशुका कंकाल घरको बगैंचामा गाडिएको अवस्थामा भेटिएको थियो । यसैलाई आधार मानेर प्रहरीले सो सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।
सो अनुसन्धानमा खटिएका अभियोक्ताले ती शिशुमध्ये सबैभन्दा जेठो अर्थात् पहिलो सन १९८९ मा र सबैभन्दा कान्छो सन् २००६ या २००७ तिर जन्मिएको अनुमान गरिएको बताएका छन् ।
ती महिलालाई केरकारका लागि पिट्नेदेखि लिएर आवश्यक सम्पूर्ण विधिहरूको प्रयोग गरेपछि अन्ततः उनले आफ्नो सो अपराध स्वीकार गरेको सरकारी वकिलले जनाए ।
गाउँमा रहेको उनको घरमा फूल बगैंचामा ती शिशुको शव भेटिएपछि निकै पहिलेदेखि प्रहरीले ती महिलामाथि निगरानी राखेर अनुसन्धान थालेको थियो ।
उनले आफ्नो सो आपराधिक कर्तुत खुलेपछि ती महिलाका आफन्तले त्यस्तो अपराध ती महिलाबाट भयो होला भन्ने कुनैपनि अनुमान नगरेको भन्दै निकै स्तब्ध बनेको बताइएको छ ।
उनले हत्या गरेका दुइ शिशुको शव बगैंचामा रहकेा फूलको बोटको फेदमा गाडिएको अवस्थामा पाइएको र बाँकी प्लास्टिकमा पोको पारेको अवस्थामा पाइएको थियो ।
समाचारमा जनाइएअनुसार ती महिला करिब १३० किलो तौलकी छिन् । उनले यस विषयमा कुनै प्रतिक्रिया त दिएकी छैनन् तर उनलाई केरकारका क्रममा सोध्दा भने आफुलाई बालबालिका मन नपर्ने भएर त्यसो गरेको बताएकी थिइन् । ती महिलालाई आजन्म काराबासको सजायँ हुने पनि वकिलहरूले जनाएका छन् ।
अनुसन्धानका लागि लिईएका उनका पतिलाई भने आफूलाई ती कुनैपनि सन्तानलाई त्यसो गरेको बारेमा थाहा नभएको बताएपछि प्रहरीले रिहा गरेको छ ।
फ्रान्समा आमाहरूद्धारा आफ्नै शिशुको हत्या गरिएका समाचारहरू विगत केही समय यतादेखि निकै नै आउने गरेको समाचारमा जनाईएको छ ।
गत वर्ष पनि फ्रान्सको उत्तरपश्चिमी क्षेत्रमा एक आमाले आफ्ना ६ वटा सन्तानको यसैगरी मारेको अभियोगमा थुनामा राखिएको छ ।










0 comments:
Post a Comment