
विकसित देशका मानिसहरुलाई कर्ीर्तिमान बनाउन निकै ठूलो शोख हुन्छ । कतिसम्म भने जसले बढी खान्छ उही च्याम्पियन भन्ने प्रतिस्पर्धा पनि हुने गर्दछ । हालै भएको एउटा हट डग खान्की प्रतियोगितामा विजेता हुने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
जापानी ताकेरी "सुनामी" कोबायशी, ३२, ले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको हट डग खान्की प्रतियोगितामा उनले अमेरिकी प्रतिस्पर्धी जो "जज्" चेस्टनटलाई पराजित गर्ने आशा गरिएको थियो । तर प्रतियोगिता शुरु हुनुअघि नै प्रहरीले "सुनामी"लाई पक्राउ गरी जेल चलान गर्यो ।
"सुनामी" आउने खबर पाउने बित्तिकै मानिसहरुको भीड लागेको थियो । अरु त अरु प्रायोजक पनि आयोजकहरुले उत्तिनै बढी पाएका थिए । तर "सुनामी" र उनका प्रतिस्पर्धीहरुले खाने प्रतियोगिता गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको थियो । उक्त प्रतियोगितामा जित्नेलाई १२ हजार डलर पुरस्कारको घोषणा गरिएको थियो ।
"सुनामी"माथि प्रहरीले केही गम्भीर किसिमको आरोप लगाएको छ । धोकाधडी, प्रशासनको काममाथि बाधा पुर्याएको आदि आरोप लगाएको छ ।
तर उनीसित अनेक किसिमका कर्ीर्तिमान कायम छन् । उनले गाईका ५७ वटा गिदी खाने कर्ीर्तिमान कायम गरेका छन् । उनले त्यो कर्ीर्तिमान १५ मिनेटमा बनाएका थिए भने ४१ वटा लब्स्टर -गँगटा प्रजातिको सामुद्रिक खाना) १० मिनेटमा निलेका थिए ।










0 comments:
Post a Comment