Translate

Sunday

गाउँका लयमा कम्प्युटरबाट पढाइ


image




गाउँगाउँमा कम्प्युटर शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ काभ्रेको शारदा-बतासे गाविसमा ई-भिलेज कार्यक्रम सुरु गरिएको छ । कम्प्युटर एसोसिएसन अफ काभ्रेको सहयोगमा शारदा-बतासे गाविसले सो अभियान सुरुवात गरेको हो ।
पहिलो चरणमा स्थानीय कालिमा माविमा ई-लर्निङमार्फत ई-भिलेज कार्यक्रम सुरुवात गरिएको छ । ६ वटा कम्प्युटर र एउटा प्रोजेक्टरबाट ई-भिलेज कार्यक्रमको सुरुवात भएको गाविस-सचिव रघुराम वैद्यले जानकारी दिए ।
ई-भिलेजको सुरुवातसँगै कक्षा आठसम्मका विद्यार्थीलाई विशेषगरी अंग्रेजी, गणित र विज्ञान स्मार्ट किड्समार्फत पढाउन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक केदारबहादुर केसीले बताए । विद्यालयमा कम्प्युटर शिक्षा विस्तार तथा ई-लर्निङलाई प्रभावकारी बनाउन एकजना सफ्टवेयर र एक हार्डवेयर प्रशिक्षकसहित तीनजनाको जनशक्ति पनि व्यवस्था गरिएको छ । छिट्टै इन्टरनेटको सुविधा पुर्‍याएर विश्वका खबर एकैठाउँबाट गाउँमै जानकारी दिलाउनका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीले बताए । गाउँकै विद्यालयमा कम्प्युटर राखेपछि यहाँका धेरै विद्यार्थीलाई कम्प्युटर सिक्नका लागि बनेपा, पनौती, धुलिखेलसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । 

0 comments:

Post a Comment