यो एउटा दुःखी बाँदरको कथा हो । चीनको युनान प्रान्तको मेनर्घाई गाउँका लि चुनले एक दिन एउटा टुहुरो बाँदर देखे । यो निकै सानो थियो तर यसको एउटा हात र एउटा गोडा थिएन । लिलाई यस्तो बाँदरको बच्चा देखेपछि स्वाभाविक रुपमा माया लाग्यो । र, त्यसलाई घर लिएर आइपुगे ।

मानिसले त राम्रो र चिटिक्क परेको जङ्गली जनावर पो घर ल्याउँछन् त ! तर यो कुरुप बाँदरको छाउरोलाई उनले घर ल्याएको उनको परिवारले मन पराएको थिएन । तर लिले यस बचरोलाई यति माया गरे कि पछि यो बाँदरले पनि उनलाई मात्र पछ्याउने भयो । कतिसम्म भने उनले जे गरे, त्यही दोहोर्याउने पनि गर्न थाल्यो ।
घरको सदस्यभन्दा बढी माया पाएकाले पनि बिरामी यो बाँदरको बच्चा चाँडो निको भयो र लिलाई जहाँतहाँ पछ्याउन थाल्यो । लिले जे गरे पनि नक्कल गरिहाल्ने भएकाले धेरै कामहरु त यो बाँदरलाई लुकाएर गर्ने गर्थे । तर कसोकसो एक दिन लिले आफूले पालेका कुखुराका अण्डा फुटाएर फ्याँकेको देखेछ । त्यसपछि त के चाहियो र - खोरभित्र भएका भएभरका अण्डाहरु बाँदरले निकालेर फुटाल्न थाल्यो ।
रमाइलो त के भइदियो भने एक पटक लिले कुखुरालाई काटे, त्यसपछि बाँदरले आफ्नै हातले ८० वटा कुखुरा काटेर कर्ीर्तिमानै बनाइदियो ।
"मैले कुखुरा काटेको देखेर ऊ पनि खोरभित्र छिरेर साना ठूला सबै किसिमका कुखुर काटेर हामीलाई हैरानै पार्यो भन्या", उनले स्थानीय अखबारसँग गुनासो गर्दै भने- "यसपछि मैले जानेँ, बाँदरका अघिल्तिर कहिल्यै कुखुरा नकाट्नू ।"
एक वर्षघि उनले यो बाँदर जङ्गलमा फेला पारेका थिए । त्यो पनि यस्तो घाइते थियो कि बाँच्ला भन्ने आशा निकै कम थियो । रुखबाट झरेर उनले बोकेको डोकोमाथि खस्यो । बाँदरको दाहिने हात र देब्रे खुट्टा पोलेको थियो । नराम्ररी पोलेको हुनाले ती दुवै काट्नुपर्ने भयो ।
बाँदरका यी हात र गोडा निको नहुञ्जेल लि आफैँले खुवाउँथे, हिँड्न सिकाउँथे । अचम्म त के भयो भने लिका बुवा मरेपछि लि रुनु स्वाभाविक नै थियो, बाँदर पनि सँगै रुन थाल्यो । "मेरो छेउमा बसेर चूपचाप रोयो । म रुँदा आएको आँशु पुछेको देखेर उसले मेरो आँशु पनि पुछिदिन्थ्यो । मतिर पुलुक्क चिसा आँखाले हर्ेर्ने गथ्र्यो", उनले विस्तार लगाए- "यस्तो भगवान्जस्तो साथी पाएँ भनेर म निकै खुशी भएको थिएँ । तर अकस्मात् यसले देख्ने गरी कुखुराको अण्डा र कुखुरा के काटेको थिएँ, यसले सारा कुखुरा सखापै पारिदियो










0 comments:
Post a Comment