Translate

Saturday

मलेसियामा नाच्दैछिन् नम्रता

हिमाल खरेल

मलेसियामा हुने ँनेपाल कन्सर्ट-२०६७’ शीर्षर्कको सांस्कृतिक कार्यक्रममा नायिका नम्रता श्रेष्ठ नृत्यांगनाका रूपमा सहभागी हुँदैछिन् । कार्यक्रममा उनले आधा दर्जन गीतमा एकल नृत्य प्रस्तुत गर्नेछिन् । नायिका  नम्रतासँगै नायक दिलीप रायमाझी,  बरुण राणा, गायक बाबु बोगटी, मिलन लामा तथा गायिका प्रीति आले पनि सहभागि हुनेछन् । नम्रताले दिलीप रायमाझी तथा बरुण राणासँग युगल नृत्य प्रस्तुत गर्नेछिन् ।  यो कन्सर्ट आगामी भदौ २५, २६ तथा २७ गते मलेसियाका तीन सहरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल तथा सुनिल चालिसेले गर्नेछन् । कन्सर्टमा सहभागी  हुने कलाकारहरू चलचित्र ँमिस यू’ को छायांकनमा समेत सहभागी हुनेछन् । कलाकारहरूको समूह आगामी भदौ २ गते मलेसियातर्फ प्रस्थान गर्नेछ ।                                             by( साप्ताहिक)

0 comments:

Post a Comment