Translate

Wednesday

ढिलो पौडेर पनि कीर्तिमान

by enasha
५६ वषर्ीया एक महिलाले ६४ माइल दौडिनुपर्ने ठाउँमा सीधा २१ माइलको सामुद्रिक च्यानलमा सबैभन्दा ढिलो दौडिएर कीर्तिमान बनाएकी छिन् । बेलायतको केन्टस्थित टनब्रिज निवासी ज्याकी कोबेलले डोबरदेखि कलाइससम्मकौ पौडी आइतबार दिउँसोदेखि शुरु गरेकी थिइन् ।



उनलाई दौड पूरा गर्न २८ घण्टा ४४ मिनेट लागेको थियो । उनको दौड चाँडो पूरा हुन नसक्नुको प्रमुख कारण भने यहाँ आउने कडा उतारचढाव नै हो ।

यसो गर्दा पनि उनले सन् १९२३ मा हेनरी सुलिभानले बनाएको कीर्तिमान तोडेकी हुन् । उक्त कीर्तिमान १ घण्टा ५६ मिनेटको रहेको टेल्रि्राफ दैनिकले जनाएको छ ।

"म आफ्नो आँखाले किनार आउन लाग्यो भनेर देख्थेँ र खुसी हुन्थेँ तर छालले मलाई हुत्याएर फेरि पुरानै ठाउँमा पुर्‍याइदिन्थ्यो", किर्तिमान बनाइसकेपछि प्रतिक्रिया दिँदै भनिन्- "मेरो पेटको अप्रेसनपछि र आठ वटा स्टोन निकालेपछि दौडिनेबारे सोचेँ । म कहिल्यै पनि चिसो पानीमा निस्कन्नथिएँ । तर यो दौडमा निस्किएपछि मेरो हाइ ब्लड प्रेसरका बारेमा उति चिन्ता लिन छाडेँ ।"

उनका पति डेभिडले चाहिँ उनलाई नाउमा कुरिरहेका हुन्थे ।

0 comments:

Post a Comment