Translate

Wednesday

फोक्सोमा केराउको बोट फल्यो !

image


वासिङ्गटन/ म्यासाचुसेट्सका एक व्यक्ति आफ्नो बिगि्रसकेको फोक्सो उपचारका लागि अस्पताल गई परीक्षण गराएपछि आश्चर्यजनक तथ्य फेला पारे । उनको फोक्सोमा केराउको बिरुवा हुर्किरहेको रहेछ ।
रोन स्वेडेन नाम गरेका ती व्यक्ति महिनौँदेखि एम्पिसेमा नामक रोगबाट पीडित थिए । उनलाई लागेको थियो- मलाई क्यान्सरले समात्यो । अस्पतालले यस्तै भन्ला भन्ने उनलाई लागेको थियो । र, त्यसका निम्ति उनी तयार पनि थिए । तर, एक्स-रेले उनको फोक्सोको आकार बढेको देखायो ।
चिकित्सकले स्वेडेनले कुनै वेला केराउ खाएको होला र त्यो केराउ पाचन थैलीमा जानुका सट्टा अन्तैतिर लाग्यो र त्यहाँ उमि्रन पुग्यो भन्ने शंका गरे ।
'मैले अप्रेसन गरेपछि पहिलोपटक अस्पतालमा खाएको खाना तरकारीमा केराउ पनि थियो, म आफैँ हाँसेँ र ती केराउ खाएँ,' स्वेडेनले भने । उनको भनाइअनुसार आधा इन्च अर्थात् १ दशमलव २५ सेन्टिमिटर आकारको थियो । 'यो सिंगै भित्र गएछ कि क्या हो, यसै भन्न सक्तिनँ । कसो क्यान्सर भएको रहेनछ,' उनले भने । अहिले उनी आप\mनै घरमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । उनी भन्छन्, 'भगवान्मा पनि ख्यालठट्टा गर्ने हास्यचेत हुँदोरहेछ ।'

0 comments:

Post a Comment