Translate

Sunday

२ दिनमा २६ प्रेमी


हलिउड नायिका जेनिफर लव हेविटले २ दिनमा २६ जना पुरुषसँग प्रेम गरेर एउटा नयाँ कीर्तिमान कायम गरेकी छिन् । अचम्म मान्नु पर्दैन, उनले यो रेकर्ड  एउटा चलचित्रको छायांकनका क्रममा कायम गरेकी हुन् । निर्माणाधीन चलचित्र 'द क्लाइन्ट लिस्ट' मा जेनिफरले वेश्याको भूमिका निर्वाह गरेकी छिन् ।  चलचित्रका मुख्य दृश्य दुई दिनमै छायांकन गरिएकाले उनले कम समयमै धेरै पुरुषसँग प्रेमालाप गर्नुपरेको हो । जेनिफरका अनुसार ती दुई दिन निकै पीडादायक  थिए । छायांकनका क्रममा उनले २६ पटक पहिरन परिवर्तन गर्नुपरेको थियो । यसबीच चलचित्रको छायांकनपछि आएको उनको एउटा अभिव्यक्तिले वेश्यावृत्ति  गरिरहेका महिलाहरू रिसाएका छन् । उनको अभिव्यक्ति थियो— 'आर्थिक मन्दीको डर नहुने भएकालेले महिलाहरू वेश्यावृत्तिलाई पेसाका रूपमा अपनाउँदा रहे छन् ।'

0 comments:

Post a Comment