भूतपूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले १५० वर्षअघि एकजना स्कुले बालकलाई लेखेको चिठी फिलाडेल्पिmयामा बिक्रीमा राखिएको छ । यसको मोल राखिएको छ- ६० हजार डलर अर्थात् नेपाली रुपैयाँ ४५ लाख ।  
जर्ज प्याटन आफ्ना पत्रकार बाबुसँग हुँदा दुवैले कमान्डर इन चिफसँग भेटेका थिए । ८ वर्षे सो बालकलाई आफ्नै कक्षाका साथीहरूले खिसी गर्ने गरेपछि १६औँ अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई १८६१ मा यो चिठी लेखेका थिए । 
लिंकनको हस्ताक्षरको सो चिठीमा लेखिएको छ, 'यो जसलाई सम्बन्धित भए पनि, मैले बालक जर्ज इभान्स प्याटनलाई गत मे महिनामा इलिन्वायको स्पि्रंगफिल्डमा भेटेँ र कुराकानी गरेँ, अ. लिंकन ।' 
यो चिठी बेच्ने राव कलेक्सनका उपाध्यक्ष नाथन रावले भनेअनुसार लिंकनले बालबालिकालाई लेखेका यसबाहेक अन्य कुनै पनि चिठी बेचेका छैनन् । 










0 comments:
Post a Comment