Translate

Monday

झरनासँग खेल्न मन छ'

1
मेरो सिनेमा
'कर्म' नाम सुन्दा चलचित्र दर्शकको मष्तिष्कमा एउटा आकृति बन्छ -ड्रोग्वा स्टाइल कपाल बाटेको, खिरिलो ज्यान र अन्तर्मुखी स्वभावको एउटा हिरो । हुन पनि चलचित्र 'फस्टलभ'ले कर्म अर्थात महेश शाक्यको लोकपि्रयता बढाइदिएको छ ।

अफविट चलचित्रका हिरोका रुपमा उनी प्रसिद्ध भएका छन् । राजधानीका मल्टिप्लेक्सदेखि मोफसलका हाइभिजन स्क्रिनसम्म 'फस्टलभ' चल्दै गर्दा यी २५ वर्षिय नायकको चर्चाको ग्राफ पनि उक्लँदो छ । 'सानो संसार, पटाचारा, एकदिन एकरात हुँदै फस्टलभ' सम्म आइपुग्दा कर्मको अभिनयमा फिदा हुने प्लस टु पुस्ताहरु वग्रेल्ती छन् ।

'पटाचारा'लाई आफूले अभिनय गरेकामध्ये उत्कृष्ट फिल्म मान्छन् कर्म । किन ? 'आफूमा भएको क्षमतालाई मेन्ट्लली प्रयोग गरेको छु मैले भोगेर आएको पनि त्यहाँ छ' अविवाहित नायकले भने 'मेलिना दिदीसँग काम गर्न निकै मन थियो । खेलें पनि ।'

पूर्वमिस नेपाल तथा नायिका झरना बज्राचार्यसँग सँगै फिल्म खेल्न मन लागेको छ उनलाई । 'नेपाली नायिकाहरुलाई पस्रनल्ली चिनेको छैन मैले' कर्मले भने 'तर पनि झरना दिदीसँग फिल्म खेल्ने ठूलो धोको छ ।' चलचित्र 'कोही मेरो'बाट रजतपट कमब्याक गरेपछि झरनासँग फिल्म खेल्ने कर्मको धोको पुरा हुने सम्भावना पनि छ ।

आरोहण गुरुकुलको रंगमंच हुँदै चलचित्रमा अभिनय थालेका कर्म आफूलाई 'हिरो' ठान्दैनन् । 'म अभिनयकर्ता मात्र हुँ' कर्मको ब्याख्या छ 'सोही कारण अब रंगमंच र चलचित्रलाई सँगै अघि बढाउँछु ।' उनीसँग रंगमंचको तीनवर्षे अनुभव छ । फिल्म खेल्दा पनि सुरुमा स्क्रिप्ट र निर्देशकको टीम हेरेर खेल्ने बताउँछन् उनी । 'हावाको भरमा काम गर्दिन नि' कर्मले बताए ।

'फस्टलभ'मा फाइट गर्दा भिन्न अनुभूति भएको कर्म बताउँछन् । नवीन सुब्बाको फिल्म 'गुडबाई काठमाण्डू'मा पनि खेलेका छन् कर्म । उनको 'एकदिन एकरात' रिलिज हुँदैछ । 'पर्पल डेज'मा सहायक निर्देशकको रुपमा काम गर्दैछन् ।

यतिबेला 'कलरबोन' भाँचिएपछि कर्मले थुप्रै फिल्म मिस गरे । घरमै बसेर आफ्नो चौंथो फिल्म 'फस्टलभ'को प्रतिकि्रया पनि बुझिरहेका छन् । कर्मले सुनाए 'सन्चो भएपछि सुटिङमा निस्कने ।'

0 comments:

Post a Comment