Translate

Monday

आफ्नो कपाल आफैँ काट्ने !




एउटा भनाइ छ, 'हजामकै कपाल लामो' । आफ्नो कपाल आफँैले काट्न असमर्थ हुने भएकाले यस्तो थेगो प्रचलनमा आएको होला । तर, पाटन महापालका सिंहबहादुर नापितले भने आफ्नै कपाल आफँैले काटेर सबैलाई अचम्ममा पारेका छन् ।

नापितले एकपटक मात्र आफ्नो कपाल आफैँले काटेका होइनन् । पटकपटक यस्तो अभ्यासमा लागेपछि उनी अहिले कपाल काट्दा दोस्रो व्यक्तिको सहारा लिनु नपर्ने अवस्थामा आइपुगेका हुन् । भन्छन्, "अभ्यास गरयिो भने आफ्नो कपाल आफँैले काट्न सम्भव रहेछ । तर, त्यसका लागि निरन्तर लाग्नुपर्ने रहेछ ।" 

नापित आफँै पनि ३५ वर्षदेखि सैलुनको काम गर्दै आइरहेका छन् । एक दिन फुर्सदका बेला आफ्नो कपाल आफँैले काट्दा कस्तो हुँदो रहेछ भन्ने रहरले उनले अभ्यास सुरु गरेछन् । भन्छन्, "अहिले त ऐनाअगाडि उभिएपछि आधी घन्टामै यो काम फत्ते हुन्छ ।" यस्तो अनौठो कामलाई सम्भव तुल्याएकाले धेरैले अचेल उनलाई आफ्नो कपाल आफँै काट्ने मान्छेका रूपमा चिन्छन् ।

0 comments:

Post a Comment