Translate

Wednesday

राजनीतिमा चम्केका कलाकार

http://www.trinitarianbiblesociety.org/site/2011/reagan.jpghttp://ankusam.com/wp-content/uploads/2010/05/amitab-bachhan.jpghttp://www.bhaskar.com/2010/03/29/images/satrudhan1.jpg
image

राजनीतिमा प्रवेश गर्ने मनोरञ्जन जगत्का ठूला नामको सूची लामो छ । विश्वभरि नै चर्चित अभिनेता र गायकले आफ्नो प्रसिद्धि र लोकपि्रयतालाई राजनीतिमा लगानी गर्ने गरेका छन् । कलाकारबाट नेतामा परिवर्तन भएका उनीहरूमध्ये कोही जमेका छन्, कोही जमेका छैनन् । कुनै वेला राजनीतिले मनोरञ्जन जगत्का मानिसलाई सदुपयोग गरेको छ भने कुनै वेला मनोरञ्जन जगत्का मानिसले राजनीतिलाई सदुपयोग गरेका छन् 
हालसालै हाइटीका लोकपि्रय गायक वाइक्लिफ जाँले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । यी हिप-हप स्टार राष्ट्रपतिका प्रवल दाबेदार मानिएका छन् । निर्वाचित भए भने वाइक्लिफ विश्वको प्रथम हिप-हप राष्ट्रपति हुनेछन् 
राजनीतिमा प्रवेश गरेर सफलता पाउने कलाकारमा फिल्म कलाकार धेरै छन् । राजनीतिमा सबभन्दा सफल भएको मनोरञ्जन जगत्को मानिस हो- अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगन । उनी हलिउडमा खासै जम्न सकेनन् । उनले अभिनय गरेका फिल्म त्यति चलेनन् । सानो पर्दामा पनि उनको सिक्का चलेन 
सन् ४०को दशकमा स्त्रिmन एक्टर्स गिल्ड नामको संस्थाको अध्यक्ष भएपछि उनले राजनीतिमा पाइला हाले । अमेरिकी कलाकारको यस शक्तिशाली संस्थामार्फत उनले आफ्नो राजनीतिक हैसियत बलियो पारे । कतिसम्म बलियो भने गिल्डको अध्यक्ष भएको दुई वर्षपछि नै उनी क्यालिफोर्निया राज्यको गभर्नर बन्न सफल भए । त्यसपछि सन् १९८०मा राष्ट्रपति निर्वाचित भएर उनी महाशक्ति अमेरिकाको सर्वोच्च पदमा पुगे 
राजनीति गर्न चाहने कलाकारका लागि अमेरिका एकदम उर्वर भूमि सावित भएको छ । यहाँ प्रसिद्धि राजनीतिक समर्थनमा परिवर्तित हुँदै गइरहेको छ 
अर्का अभिनेता आर्नाेल्ड स्वार्जनेगर पनि राजनीतिमा चम्किएका छन् । अस्टि्रयामा जन्मेका आर्नाेल्ड शारीरिक सुगठनमा विश्वच्याम्पियन भएपछि अमेरिका आएका थिए, अभिनयमा आफ्नो भविष्य खोज्न । र, हलिउडले पनि यी विशालकाय अभिनेतालाई राम्रै स्वागत गर्‍यो । मनोरञ्जन जगत्मा हासिल गरेको उपलब्धिलाई उनले राजनीतिमा लगाए । र, क्यालिफोर्निया राज्यको गभर्नर निर्वाचित भए । रोनाल्ड रेगनले हासिल गरेको राजनीतिक उचाइ उनका लागि पनि सम्भव हुने छाँटकाँट देखिँदै छ 
काउव्याउ फिल्मका प्रसिद्ध अभिनेता र ओस्कार विजेता क्लिन्ट इस्टउडको कथा भने अलि बेग्लै छ । उनी कार्मेल सहरका मेयर थिए । फिल्मी क्यारियर चम्केपछि उनले राजनीतिबाट सन्न्यास लिएका थिए 
बि्रटेनमा भने कलाकारलाई राजनीतिमा स्थापित हुन अमेरिकामा जति सजिलो छैन । अभिनेत्री ग्लेन्डा ज्याक्सनलाई छाडिदिने हो भने बि्रटेनमा कलाकारहरू राजनीतिमा त्यति जम्न सकेका छैनन् । फिल्मी जीवनमा दुईवटा ओस्कार प्राप्त गरेपछि उनले ग्लामरको दुनियाँबाट बिदा लिएकी थिइन् र राजनीतिमा प्रवेश गरेकी थिइन् । सन् १९९२मा उनी लेबर पार्टीको सांसद निर्वाचित भएकी थिइन् । टोनी ब्लेयरको सरकारमा उनी मन्त्री भएकी थिइन् । तर, यस वर्षको चुनावमा उनले राजनीतिक जीवनका लागि संघर्ष गर्नुपरेको थियो । केवल ४२ मतले उनले उत्तरी लन्डनको आफ्नो सिट जोगाउन सफल भएकी थिइन् 
बि्रटेनको लोकपि्रय टिबी धाराबाहिक इस्ट एन्डर्सका अभिनेता माइकल क्यासम्यान पनि सन् १९९९मा लेबर पार्टीबाट युरोपेली संसद्को सदस्य बनेका थिए । उनी अहिले पनि त्यही पदमा कायम छन् 
उता, गि्रसकी प्रसिद्ध गायिका नाना मुस्कुरी पनि पाँच वर्षसम्म युरोपेली संसद्को सदस्य थिइन् । त्यसपछि भने उनी राजनीतिबाट बाहिरिएकी थिइन् 
सन् ६० को दशककी प्रसिद्ध एक गि्रक अभिनेत्री थिइन्- मेलिना मर्कुरी । अन ए सन्डे नामक फिल्मबाट उनी ओस्कार मनोनयनमा परेकी थिइन् । मेलिना राजनीतिमा सबभन्दा सफल गि्रक कलाकार हुन् । सन् १९८१मा उनी संस्कृतिमन्त्री भएकी थिइन् 
फिलिपिन्सका पूर्वराष्ट्रपति जोसेफ एस्ट्राडाले अभिनयमा तीन दशकभन्दा लामो अवधि बिताएका थिए । एरप नामले लोकपि्रय एस्ट्राडा सन् १९९८मा राष्ट्रपति बनेका थिए । तर, उनको लोकपि्रयता चाँडै सेलाएको थियो । सन् २००१मा उनले गद्दी छाड्नुपरेको थियो । उनीविरुद्ध राष्ट्रिय सम्पत्ति हिनामिना गरेको अभियोग लागेको थियो । तर, उनी आजीवन काराबासबाट भने बचेका थिए 
सम्भवतः भारत कलाकारलाई राजनीतिमा सबभन्दा बढी स्वागत गर्ने राष्ट्र हो । यहाँका हरेक पार्टी चुनावमा कलाकारलाई टिकट दिन तम्तयार भएर बसेका हुन्छन् 
विख्यात अभिनेता अमिताभ बच्च्ान सन् १९८४मा कांग्रेस आईबाट सांसद निर्वाचित भएका थिए । तर, छिट्टै नै उनले 'राजनीतिको संसार धमिलो भएको' घोषणा गरे र अभिनयमै फर्किए । अचेल राजनीतिबाट 'सुरक्षित' दूरीमा रहन्छन् । बरु, उनी श्रीमती तथा प्रसिद्ध अभिनेत्री जया बच्चन राजनीतिमा छिन् । राजनीतिमा राम्रो हैसियत बनाएका अरू भारतीय कलाकार हुन्- शत्रुघन सिन्हा, गोविन्दा, जय प्रदा आदि 
- एजेन्सी

0 comments:

Post a Comment