Translate

Wednesday

राम्री हुनुका बेफाइदा


धेरै राम्रा र आकर्षक महिलाका लागि अवसरका धेरै ढोका खुला हुन्छन् । फिल्म र मोडेलिङजस्तो सौन्दर्यले ठूलो महत्त्व राख्ने क्षेत्रमा त उनीहरूले मौका पाउने नै भए, अन्य रोजगारीमा पनि उनीहरूको सहर्ष स्वागत हुन्छ । अझ, केही पेसा त राम्रीहरूको पेवा नै भइहाल्यो । जस्तो, एयरहोस्टेस, रिसेप्सनिस्ट, सेक्रेटरी आदि । रूपरंगमा अलिकति पनि तल-माथि भएका महिला यस्ता पेसामा विरलै भेटिन्छन् । सुन्दरता आफैँमा ठूलो योग्यता हो कि भन्ने भान पार्नेगरी धेरै क्षेत्रमा 'राम्री'हरूको बोलवाला छ । शारीरिक सौन्दर्य महिलाको ठूलो पुँजी सावित भएको छ ।
imageतर, पर्खनूस्, धेरै राम्री हुनुका केही बेफाइदा पनि हुँदारहेछन् । युनिभर्सिटी अफ कोलोराडो डेनभर बिजनेस स्कुलले गरेको एक अध्ययनले भन्छ- 'राम्री महिलालाई रोजगारीका केही क्षेत्रमा लगभग 'प्रवेश-निषेध'को व्यवहार गरिन्छ ।'
रूपको गणना नहुने केही रोजगारीमा आकर्षक युवतीले विभेदको सिकार हुनुपर्दारहेछ । अनुसन्धान तथा अन्वेषण, वित्त, इन्जिनियरिङ, सेक्युरिटी तथा निर्माणसम्बन्धी काममा उनीहरूलाई सकेसम्म लिइँदैन रहेछ । 'यस्ता पेसामा आकर्षक हुनु महिलाका लागि बेफाइदाजनक छ,' अनुसन्धाता स्टेफेनी जोन्सन भन्छिन्, 'तर, पुरुषका हकमा भने यो कुरा लागू हुँदैन । यस्ता पेसामा सुन्दर पुरुषले यो भेदभाव सहनुपर्दैन । यो लैंगिक विभेदकै नमुना हो ।'
आकर्षक युवतीले भोग्नुपर्ने विभेदसम्बन्धी यो अध्ययन जर्नल अफ सोसियल साइकोलोजीमा प्रकाशित छ । स्टेफेनीका अनुसार सुन्दर महिला/पुरुषलाई आफ्नो कार्यक्षेत्रमा प्रगति गर्न सजिलो छ । तर, अनुसन्धान तथा अन्वेषण, वित्त, इन्जिनियरिङ, सेक्युरिटी तथा निर्माणसम्बन्धी रोजगारीमा भने आकर्षक र सुन्दर महिलाले एकदम थोरै अवसर पाउँछन् ।

0 comments:

Post a Comment