Translate

Tuesday

४० लाख लामखुट्टे ठहरै

ताइवानकी एक महिलाले एक महिनामा ४० लाख लामखुट्टेलाई ठहरै पारेर विश्वकर्ीर्तिमान कायम गरेकी छिन् । हुआङ युयेन नामक महिलाले आफ्ना ७२ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै १ हजार ९ सय पाउण्डको नगद पुरस्कारसमेत हात पारेकी छिन् ।



कार्यक्रम आयोजक इम्बिक्टस इन्टरनेशनलले आयोजन गरेको थियो । यसले लामखुट्टे मार्ने औषधिको निर्माण गर्दै आइरहेको छ ।

उनले मारेका लामखुट्टेको जम्मा तौल डेढ केजी रहेको थियो थियो । उनको निकटतम प्रतिद्वन्द्विले चाहिँ यसको ठीक आधा मात्र भेला पार्न सकेकी थिइन् ।

उनको यो कर्ीर्तिमानलाई कम्पनीले गिनिज वर्ल्ड रर्ेकर्डस्मा पठाएको छ र मिस हुआङलाई विश्वकै सबैभन्दा धेरै कीरा मार्ने कर्ीर्तिमानी मान्न अनुरोध गरेको छ ।

सन् १९६५ मा ताइवानमा मलेरियामुक्त देशको घोषणा भएतापनि अझै पनि यहाँ सबैभन्दा बढी मानिसहरु डेङ्गु ज्वरोका कारण मर्ने गरेका छन् ।                                                           by enasha

0 comments:

Post a Comment