कहिलेकाहीँ कुकुरले टोक्नु पनि फाइदाजनक हुन्छ । कतिसम्म भने कुकुरले गोडा नै खाइदियो भने र औँला नै चुँडालिदियो भने पनि फाइदाजनक हुँदोरहेछ भन्ने कुरा अमेरिकाको मिचिगन राज्यस्थित रकफोर्डमा हालै देखिएको छ ।४८ वषर्ीय जेरी डोहेट एउटा स्थानीय बारमा गितार बजाउँछन् । उनको गोडामा इन्फेक्शन भएपछि पनि उनले उपचारमा उति ध्यान दिएनन् । यही लापरवाहीका कारण उनको बूढी औँला लगभग कुहिने स्थितिमा पुग्यो । तर पनि जाँड भनेपछि अत्यन्तै रमाउने जेरीले उपचारतिर ध्यानै दिएनन् । यही लापरवाहीका कारण दाहिने गोडाको बूढी औँला कुहिने स्थितिमा पुगेको थियो ।
"गएको साता उनी रेष्टुराँमा गितार बजाएर राति अबेर जाँड धोकेर घर आए", उनकी श्रीमती रोजीले भनिन्- "म पनि उनको अनियन्त्रित पिउने बानीका कारण आजित थिएँ । म बेग्लै कोठामा सुतिरहेकी थिएँ । बिहान उनको ओछ्यान रक्ताम्य देखेपछि मेरो होश उड्यो । के भएछ भनेर यस्सो हेरेको त उनको कुहिएको बूढी औँला नै गायब !"
किको नामक उनीहरुले पालेको त्यो कुकुरसँग झगडा गरेर औँला खोज्ने कुरा पनि आएन । तर रोजीलाई यो कुराले खुसी नै तुल्यायो किनभने जब बूढी औँला बिनाको श्रीमान्लाई रोजीले अस्पताल लिएर गइन्, जाँचबाट थाहा भयो- उनको श्रीमान्लाई त औँला काट्नैपर्ने किसिमले मधुमेहको रोग लागिसकेको रहेछ ।
श्रीमान् डुहेटले भने- "बिहान हर्ेदा त मेरो औँला नै छैन । यो काम पक्कै त्यही किकोले गरेको हुनर्ुपर्छ किनभने अरु बेला पनि यसले मेरो बूढी औँलामा आँखा लगाइरहन्थ्यो । बिहान हर्ेदा त ओछ्यानभरि रगत अनि गोडाको बूढी औँला नै गायब !"
अस्पतालको जाँच सकिने बित्तिकै उनलाई मधुमेहको "टाइप २" ले ग्रस्त रहेछन् भन्ने थाहा भयो । घाउमा गहिरो किसिमको इन्फेक्शन -संक्रमण) भइसकेको रहेछ र हाडसमेत कुहिन थालेको रहेछ । यस्तो स्थितिमा डाक्टरहरुले बूढी औँलाको मोह त्याग्ने नै सुझाव दिन्छन् र त्यतिबेला पनि उनीहरुले बूढी औँला गायब भएकोमा चिन्ता नलिने सुझाव दिए ।
"यदि त्यो कुकुर मैले पालेको थिइन भने मेरो ज्यान जाने रहेछ किनभने उपचारमा मैले कहिल्यै ध्यान दिएको थिइनँ र थला नपरुञ्जेल जाने पनि थिइन", उनले थपे-"यस्तो लापरवाहीका कारण मेरो ज्यानै जानसक्ने स्थिति हुन्थ्यो । त्यसैले किकोलाई धन्यवाद !"
उनले श्रीमती र अन्य कसैलाई पनि आफ्नो घाउका बारेमा बताएका थिएनन् ।
"यो ज्यादै नराम्रोसँग गन्हाउँथ्यो र जहिले पनि कुनै कुकुर नजिकै पुगेँ भने उसले फर्केर मलाई हर्ेर्ने गर्दथ्यो", उनले सम्झदै भने- "अहिले मलाई महसूस भयो किन ती कुकुरहरुले मलाई फर्कीफर्की हर्ेर्दै सुँघ्थे !"
by (enasha)










0 comments:
Post a Comment