त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नेपाल टेलिकमले एउटा नि:शुल्क सार्वजनिक टेलिफोन राखेको छ । तर त्यो टेलिफोनको 'रिसिभर' विगत छ महिनाभन्दा बढी समयदेखि बिग्रेको छ । 
नीलो ठूलो सूचना पार्टीमा 'नेपाल टेलिकम, फ्री लोकल कल' लेखिएको देखेर अधिकांश नेपाली यात्रुहरूले अन्तिम पटक घर र साथीहरूलाई फोन गर्ने प्रयास गर्छन्, तर असफल हुन्छन् । यात्रुहरूले फोन गर्दा केही नसुनेपछि टेलिकमलाई गाली गर्दै फोन राखेको देखेर विमानस्थलका कर्मचारीहरू हाँस्छन्, तर त्यो फोनको रिसिभर बिग्रेको बनाउने प्रयास कसैले गरेको देखिँदैन ।
विमानस्थलमा काम गर्ने कर्मचारीलाई थाहा छ, त्यो फोनको रिसिभर मात्रै बिग्रेको छ । त्यसैले उनीहरू भने लाइन लागेर नि:शुल्क फोनमा 'ह्यान्ड्स फ्री' मा कुरा गरिरहेका हुन्छन् । तर यात्रुको सुविधाका लागि राखिएको उक्त फोनमा यात्रुहरू सधैं हास्यपात्र हुँदै आएको देखिन्छ । 
संसारका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलहरूमा लोकल कल र इन्टरनेट सेवा नि:शुल्क उपलब्ध 
हुन्छ । तर नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी स्वामित्व रहेको टेलिकमले राखेको टेलिफोनको दूराअवस्था देखेर नेपालबाट बाहिरी देशमा जाने यात्रुहरू नेपालको व्यवस्थापनलाई धिक्कार्दै हिँडेका देखिन्छन् । सामान्य नागरिक र सञ्चारकर्मीले सजह पहुँच नपाउने उक्त निषेधित क्षेत्रमा यस्ता दर्जनौं प्रकारका विकृतिहरू भए पनि त्यसबारे सञ्चार माध्यमले कमै सूचना बाहिर ल्याउने गर्छन् ।  'ठूला र प्रभावशाली व्याक्तिहरूले अन्तिम समयसम्म फोनको सुविधा पाउने गरेका कारण सामान्य यात्रुहरूले पाउँदै गरेको यो दु:खप्रति कसैको चासो नभएको हुन सक्छ,' कतार उड्न लागेका विनोद कायस्थ भन्छन्, 'यो देशमा जनताले पाएको दु:खप्रति कसैलाई चासो छैन, त्यसैले यो देश उँभो नलागेको हो ।' 
'अघिकांशले आफ्नो फोन विमानस्थलभित्र छिर्नुअघि नै आफन्तलाई छाडेर आउँछन्, उड्नुअघि सबैले घर, आफन्तलाई एकपटक अन्तिम सम्पर्क राख्नु स्वभाविकै हो । तर विमानस्थलमा दिग्दारलाग्दो स्थिति छ ।' अध्यागमन विभागका प्रमुख प्रतीक ढकाल भन्छन्, 'मैले पनि घेरै लामो समयदेखि उक्त फोन बिग्रेको देखेको छु, किन बनाउँदैनन्, थाहा छैन ।'
डिपार्चरको उक्त सार्वजनिक फोनले काम नगर्ने गरेकै कारण जहाज उड्नुअघि केही समय बस्न पाइने 'इस्टराइज्ड' हलमा राखेको अर्को फोनमा जहिल्यै पच्चीस/तीस जनाको लाइन लागेको देखिन्छ ।   
 
Translate
Saturday
Subscribe to:
Post Comments (Atom)










0 comments:
Post a Comment