विद्यालयका आठवटा विषयमध्ये विज्ञान कतिपयलाई सजिलै लाग्छ भने कतिपयलाई यसले नै सताएको पाइन्छ । वास्तवमा विज्ञान अरू विषय जस्तो सामान्य ज्ञानको भरमा बढाइचर्ढाई गरेर अंक ल्याउने विषय होइन । नेपाली, सामाजिक शिक्षा जस्ता विषयमा जति 'क्रियटिभ' रूपमा लेखियो त्यति राम्रो अंक आउ“छ भने विज्ञानमा त्यो कुरा लागू हु“दैन । विज्ञानमा पनि आफूले जतिसक्दो राम्रो उत्तर प्रस्तुत गर्नुपर्छ, त्यसैलाई अंक पाउने माध्यमका रूपमा सोच्नु हु“दैन । यो विषयमा आफूले जानेको भन्दा पनि प्रश्नले मागेको कुरा जति चाहिएको हो त्यति मात्रामा मात्र उत्तर दिनर्ुपर्छ, बढी लेखे अंक कट्ने ठाउ“ भेटिन सक्छ । 
बिहानको समय सदुपयोग
बिहानको ताजा वातावरणमा पढेको कुरा मस्तिष्कले सजिलै टिप्न सक्छ । त्यस्तै बिहान मस्तिष्क पनि अन्य समयभन्दा बढी सक्रिय हुन्छ । यो समयमा आफूले ध्यान दिएर पढे पक्कै पनि गाह्रो विषय पनि मस्तिष्कमा रहिरहन सक्छ । त्यस्तै दिउ“सो गणितको 'प्राक्टिस' गरे समयको सदुपयोग हुन सक्छ । 
घोकेर होइन बुझेर पढ्ने
घोकेर पढेको कुरा कुनै सानो समस्याले पनि प्रभावित हुन सक्छ । उत्तर दिंदा पनि बीचतिर कुनै कुरा बिर्सिए सबै उत्तर लेख्न नसकिने हुनसक्छ । त्यसैले घोकेको कुरा नबुझे आफूलाई नराम्रो हुन सक्छ तर बुझेर पढे त्यो कुरा सम्भिmरहन सकिन्छ । 
मोडल प्रश्नको अध्ययन
विज्ञान विषयमा कहा“बाट कति नम्बरको र कस्तो प्रश्न आउ“छ भन्ने कुरा लगभग थाहा हुन्छ । त्यसैले सिलेबसको राम्रो अध्ययन गर्दै कस्ता प्रश्न आउ“छन् भन्ने कुरालाई मध्यनजर गर्दै पढ्नु आवश्यक हुन्छ । सिलेबसको अध्ययन नगर्दा परीक्षामा प्रश्न नसोधिने पाठको बढी अध्ययन तथा प्रश्न सोधिने पाठको अध्ययन नहुने हुन सक्छ । त्यसैले मोडल प्रश्नलाई ख्याल गरिरहनर्ुपर्छ । 
ज्ञानबर्द्धक कुरामा बढी चासो राख्नु
विज्ञान विषयको परीक्षामा राम्रो अंक ल्याउन आफ्नो पुस्तक र नोटमात्र पर्याप्त हु“दैन । यसमा करिब ४० प्रतिशत प्रश्न 'अन्डरस्टान्डिङ' का आधारमा सोधिएको हुन्छ । त्यसैले 'टि्रक' लगाउनुपर्ने प्रश्नहरूको पनि राम्रो तयारी गर्नुपर्छ । 
पुराना प्रश्नपत्रको अध्ययन
पहिलेका टेस्ट परीक्षा एवं एसएलसी परीक्षामा आएका प्रश्नपत्रको राम्रो अध्ययनले पनि परीक्षा राम्रो गर्न सकिन्छ । कुन पाठबाट कस्तो प्रश्न आउ“छ भन्ने ज्ञान भए पढ्न सहज हुनुका साथै आत्मविश्वास पनि वृद्धि हुन्छ । त्यसैले पुराना प्रश्नपत्रको अध्ययन गर्दै त्यसको हल गर्नुपर्छ । 
यसरी पहिल्यैदेखि राम्रोस“ग तयारी गरे पक्कै पनि सफल हुन सकिन्छ । टेस्ट परीक्षाका लागि अहिलेदेखि नै यो विषय लगायत अन्य विषय पनि राम्रोस“ग पढ्दै जाने हो भने एसएलसी परीक्षामा समेत ठूलो राहत मिल्छ । उल्लेखित कुराहरूमा परीक्षाअघिदेखि नै ध्यान पुर्याए परीक्षाको समयमा दा“तबाट पसिना निकाल्नु पर्दैन । समयमै तयारी गरी राम्रो ढंगले उत्तर प्रस्तुत गरे कमजोर विद्यार्थीहरू उत्तर्ीण्ा हुन सक्छन् । वास्तवमा 'ओभरअल' मा अंक बढाउने भनेको यस्तै विषयले हो ।
Translate
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment