रा पाउन तथा                                                                                                                                                                                                                                                                                                                                                                     
के तपाइर्ले आफ्नो प्रेमिका वा श्रीमतीलाई खुसी पार्न समय- समयमा क्यान्डल लाइट डिनर गरिरहनुभएको छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । किनभने, क्यान्डल लाइट डिनरका कारण तपाइर्ंलाई क्यान्सर हुन सक्छ । पश्चिमा देशमा श्रीमती तथा प्रेमिकालाई खुसी बनाउन तथा आफ्नो प्रेमलाई अझ मजबुत बनाउनका लागि गरिने क्यान्डल लाइट डिनर व्यक्तिको स्वास्थ्यलाई घातक हुन सक्ने तथ्य पत्ता लागेको छ । हालै सार्वजनिक एक अध्ययनले क्यान्डल लाइट डिनर गर्नेहरूमा क्यान्सरको खतरा बढी रहेको कुरा देखाएको छ ।
अमेरिकन वैज्ञानिकहरूले गरेको अध्ययनका अनुसार विश्वमै सहज रूपमा पाइने प्याराफिन क्यान्डल -मैनबत्ती)मा क्यान्सर गराउने विषाणु धेरै मात्रामा रहने गरेको कुरा देखाएको छ । अनुसन्धानले पटक-पटक क्यान्डल लाइट डिनर गर्नेहरूमा एलर्जी तथा दमका समस्या छिटो देखिने र लामो समयपछि क्यान्सरसम्म देखा पर्ने कुरा उल्लेख गरेको छ ।
अमेरिकन केमिकल सोसाइटीको वाषिर्क प्रतिवेदनमा प्रकाशित उक्त प्रतिवेदनअनुसार क्यान्डलमा हुने प्याराफिन केमिकलका कारण मानिसलाई श्वासप्रश्वासका रोगका साथै क्यान्ससम्म हुन सक्छ । प्रतिवेदनमा भनिएको छ, 'क्यान्डल बलेको अवस्थामा त्यहाँबाट निस्कने धुवाँमा धेरै मात्रामा टोकिसा, टोलुने र बेन्जेननामक क्यान्सर गराउने रसायन निस्कने गर्छ ।' 
अनुसन्धानमा संलग्न अमिद हमिदीका अनुसार पटक-पटक क्यान्डल लाइट डिनर गर्नेहरूलाई क्यान्सरको खतरा रहेको छ । उनी भन्छन्, 'घरको खानाबाट छुट्का
 प्रेमिका वा परिवारलाई खुसी पार्न बारम्बार क्यान्डल लाइट डिनर गर्नेहरू सतर्क हुन जरुरी छ ।'










0 comments:
Post a Comment