बाँदरको हातमा नरिवल भन्ने उखान त तपाईंले सुन्नुभएको होला तर अफगानिस्तानमा अहिले बाँदरको हातमा बन्दूक भन्ने उखान निकै प्रचलित छ । यसको खास कारण के भने त्यहाँका तालिबानी व्रि्रोहीहरुले बाँदरहरुलाई बन्दूक चलाउने प्रशिक्षण दिएपछि र त्यो सफल हुन थालेपछि यो आहान् प्रख्यातितिर लम्किएको हो ।

चीनको पिपल्स डेली अनलाइनका अनुसार, त्यहाँ व्रि्रोही तालिबानहरुले बाँदरलाई बन्दूक चलाउने प्रशिक्षण दिन थालेका छन् । "मंकी सोर्ल्जर्स" नामाकरण गरिएका यस्ता बाँदरले अमेरिकी सेनाको ड्रेस देख्ने बित्तिकै गटटटट् मेसिन गन चलाउन थालिहाल्छ ।
कालस्निकोभ नामको ब्रेन लाइट मेसिनगन मात्र बाँदरहरुले चलाउन सक्ने र अन्य मेसिन गन चलाउन तिनले नजान्ने समाचारमा जनाइएको छ । यो समाचार प्रकाशित भएपछि डिस्कभरी न्यूजले प्राथमिकताका साथ प्रसारण गरेको थियो ।
तालिबानीहरुले यस्ता बाँदरलाई तालिमका क्रममा बदाम र केरा दिने गरेका छन् । तािलम प्राप्त त्यस्ता बाँदरलाई भियतनाम युद्धका क्रममा पनि परिचालित गरिएकाले यस्तो क्रियाकलापबाट अमेरिकी गुप्तचर संस्था युएस सेन्ट्रल इन्टेलिजेन्सले यसका बारेमा जानकारी पाएको जनाएको छ । उनीहरुले त्यस्ता बाँदरलाई हतियारबन्द बाँदर -आर्म्ड मंकीज्) र मंकी टेररिस्ट नाम दिएका छन् ।










0 comments:
Post a Comment