लक्ष्मी भ०८ारी थापा/ दीपा ओली
वि.कासोन्मुख मुलुक नेपालमा हरेक कुरामा परिवर्तनको गति द्रुत हुंदै छ । आधुनिकीकरणसँगै सुचना प्रविधि तथा फेसन आदिमा परिवर्तन निरन्तर बढ्दो क्रममा छ । उपत्यकाका अधिकांश कलेज आज त्यही होडमा छन् । नराम्रो रंग, पुरानो डिजाइन तथा शैलीका पोसाक राखिएका कलेजमा शिक्षा उच्च गुणस्तरीय नै किन नहोस् विद्यार्थी संख्या कम देखिन्छ । यस्ता खाले कलेज विद्यार्थीको छनौटमा पर्दैनन् । यसकारण कसरी आकर्षक पोसाकद्वारा विद्यार्थी आफूतर्फ आकषिर्त गर्ने भन्नेमा कलेज ब्यवस्थापन पक्ष रातदिन चिन्तित रहन्छ ।
पोसाकलाई फेसनका रूपमा उपभोग गर्न रुचाउने विद्यार्थीहरू पहिरनले आत्मविश्वास एवं ब्यक्तित्व वृद्धि गराउँछ भन्ने तर्क गर्छन् । कतिपय ब्यक्ति भने फेसनेवल पहिरन लगाएका विद्यार्थीलाइ फेसन क्रेजीको संज्ञा दिन्छन् । उनीहरूको विचारमा ती खाले विद्यार्थी पढाइमा भन्दा कसरी राम्रो बन्न सकिन्छ भन्नेमा ध्यान दिन्छन् । वर्तमानमा विद्यार्थीहरूका लागि यो जल्दो-बल्दो मुद्दा हो । तसर्थ यसपटकको टिनएज छलफल 'गुणस्तरीय शिक्षा कि फेसनेबल ड्रेस ?' भन्ने शीर्षकमा आधारित छ ।
छलफलका ५ जना सहभागीमध्ये अधिकांश भर्खरै एस.एल.सी दिएर बसेका र केही प्लस टु पास गरी ब्यावसायिक शिक्षाको थालनी गरेकाहरू थिए । यिनमा धेरैले फेसनेबल पोसाकका तुलनामा गुणस्तरीय शिक्षामा जोड दिएका थिए । सहभागी मध्येकी १९ बषिर्या श्रद्धा श्रेष्ठलेे बिद्यार्थीका लागि शिक्षा प्राथमिकतामा पर्ने भए पनि फेशनले मानिसको ब्यक्तित्व सबल देखाउनुका साथै आत्मविश्वास बढाउने कुरामा जोड दिइन् । नेपाल इञ्जिनियरिगं कलेज भक्तपुरकी बिद्यार्थी यिनी फेशन भन्ने बित्तिक्कै छोटो स्कर्ट, ओपन सर्ट भन्ने गलत धारणा धेरैमा रहेको र यस्तो सोचाइ परिवर्तन हुनुपर्नेमा बिश्वास राख्छिन् । यस कुरामा सहमति जनाउँछिन् एलएलसी दिएर बसेकी १५ वषिर्या सुष्मा चौहान । उनका अनुसार पढाइका साथ साथै समयसँग चल्नका लागि फेसन पनि अपरिहार्य छ । मानिस फेसनसँग अप टु डेट हुनु आजको आवश्यकता हो । नत्र ऊ पेन्डुलम हुन सक्छ । फेसनले नै व्यक्तित्व प्रभावशाली पार्ने भएकाले पढाइका साथमा फेसनबेल पनि रहनु समयसँगै चल्न जान्नु हो भन्नेमा श्रद्धा र सुष्माको विश्वास छ । उनीहरू भन्छन्-अरूलाई प्रभाव पार्न सकियो भने पढाइ यसै सप्रन्छ नत्र हीनताबोध भएर पढाइ झन् बिग्रन सक्छ ।
श्रद्धा र सुष्माले फेसनमा जोड दिइरहेका बेला एसएलसी दिएर बसेका श्वेता ठाकुर, सुस्मिता पोख्रेल र सबिना श्रेष्ठले भने सहमति जनाएनन् । उनीहरूले प्लस टु लाई भविष्य बनाउने समय बताए । यस्तो बेलामा फेसनमा ध्यान दिंदा पढाइमा हानि पुग्न सक्छ । श्वेता भन्छिन-् स्कुले जीवनबाट पार भएर कलेज जाने समयलाई आइरन गेट भनिन्छ तर हामीले यो पनि बिर्सनु हुदैन कि कलेज जीवन भनेकेा डायमन्ड गेट हो । मानिस बिग्रने सप्रने उमेर पनि यही भएकाले फेसनमा भन्दा गुणस्तरीय शिक्षालाई महत्व दिनुपर्छ । यसैमा सही थाप्दै सुस्मिता भन्छिन्-शिक्षाले नै हाम्रो भविष्य बनाउने हो । हामी कुन बाटो जाने भन्ने तय गर्ने सशक्त माध्यम शिक्षा हो । त्यसैले अहिलेको यो उमेरमा हामीले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । यी दुईलाई सबिनाले सही थापिन् - शिक्षा आजको आवश्यकता हो । हाम्रो जस्तो मुलुक जहाँ शिक्षित भन्दा बढी अशिक्षित मानिसको संख्या बढी छ त्यहाँ फेसन हेरेर हुनेवाला केही छैन । फेरि टिनएज फेसन गर्ने समय नभएर भविष्य निर्माण गर्ने बेला हो । फेसनमा ध्यान दिंदा भविष्यलाई बिर्सन सकिन्छ तसर्थ पढाइ छोडेर फेसनको पछि लाग्नु हुँदैन ।
कलेज रोज्दा पनि कसैले गुणस्तरीय शिक्षालाई पहिलो स्थान दिन्छन् भने कसैले कलेजको पहिरनमा ध्यान दिन सक्छन् । त्यो मानिसको रुचिमा भर पर्ने भए पनि आजको युगमा फेसनलाई नै ध्यान दिइने कुरामा श्रद्धा जोड दिन्छिन् । उनले आफ्नी एक आफन्त बहिनीको उदाहरण दिदै भनिन्- युवा पुस्ताको रोजाइमा नराम्रो पोसाक भएका कलेज पर्दैनन् । श्रद्धाले भने झै युवा पुस्ता आफ्नो लुक्सलाई लिएर ज्यादै नै सचेत छन् । अरुको अगाडि आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा उनीहरू निकै मनन गर्छन् । श्रद्धाका अनुसार कलेजमा ठीक मात्रामा फेसन गर्नु आत्मविश्वास बढाउनु हो तर यो एउटा दायराभित्र हुनुपर्छ । यसको उचित कोड राखिनुपर्छ । सुष्माका अनुसार फेसनले हामीलाई अरूको अगाडि राम्रो छाप छोड्छ । पहिलो छाप नै मानिसले पछिसम्म सम्झन्छ । जतिसुकै विद्वान् एवं प्रतिभाशाली भए पनि झुत्रे झाम्रे भएर हिंड्नेलाई कसैले महत्व दिदैनन् । सुष्माको कुरा भुइँमा खस्न नपाउँदै सबिना प्रतिवाद गर्दै भन्छिन्-पढाइमा अगाडि भयो भने सबैले माया गर्छन्, सबैले घेर्छन् । यदि राम्रो शिक्षा, ज्ञान छ भने मानिसलाई त्यसै पनि त्यो व्यक्तिको बारेमा थाहा हुन्छ । श्वेता पनि सबिनाकै पक्षमा जोड दिंदै प्राकृतिक सुन्दरतामा रमाउनु पर्ने विश्वास व्यक्त गर्छिन् । उनी भन्छिन्- मानिसको जीवन साधारण हुनुपर्छ तर विचार उच्च राख्नुपर्छ । फेसनको सीमा हुन्छ । फेसन कतिपय अवस्थामा समाजलाई पच्ने खालको हुदैन तर शिक्षाको सीमा हुदैन । पढिरहेका बेला मेरो डे्रस बिगि्रयो, मेरो केश बिगि्रयो भन्नेमा नै ध्यान केन्दि्रत भयो भनेे कन्तबिजोग हुन्छ । सबिना अझ भन्छिन्- शैक्षिक संस्था ज्ञानको थलो हो, फेसनको स्टेज होइन ।










0 comments:
Post a Comment