Translate

Saturday

दुब्र्यसनी भइन् नम्रता !

 
नायिका नम्रता श्रेष्ठ हिजोआज लागूऔषध दुव्र्यसनी पुनस्र्थापना केन्द्र धाउन थालेकी छिन् । सुधारगृह पुगेर उनले दुव्र्यसनीको बानी, लागूऔषध लिने तरिका, उनीहरुको जीवनशैली सिक्न थालेकी छिन् ।

उनी राजधानीको उत्तर कुनो बुढानिलकण्ठस्थित नवकिरण पुनस्र्थापना केन्द्र पुग्छिन् र ड्रग्स एडिक्ट बन्ने प्रयत्न गर्छिन् । पूर्वदुव्र्यसनीहरुसँग सम्बन्ध विस्तार पनि गरेकी छिन् । उनै थुप्रैपटक त्यहाँ पुगिन् र दुव्र्यसन छाड्न संघर्ष गरिरहेकाहरुसँग चिनापर्चि गरिन् ।

नम्रताले यो सबै एकता महत बन्न गरेकी हुन् । तर रियल लाइफमा भने होइन है । अपकमिङ फिल्म 'पर्पल डेज'मा नम्रताले दुव्र्यसनी त्यसमा पनि एचआइभी पोजेटिभ भएकी युवतीको अभिनय गर्नुछ । निर्देशक प्रचण्ड श्रेष्ठले यसो गर्न नम्रतालाई अह्राएका छन् ।         'निकै रोमान्चक र कठिन भैरहेको छ' दुव्र्यसनी बन्ने अभिनय गरिरहेकी नम्रताले मेरो सिनेमासँग भनिन् 'अहिले उनीहरुले अपनाउने बानी र बोल्ने तरिका सिकिरहेको छु ।' ड्रग्स एडिक्टले प्रस्तुत गर्ने बानी ब्योहोरा बारे नम्रताले एचआइभी अभियन्ता राजिव काफ्लेसँग पनि सिकिरहेकी छिन् ।

यसबारे थप सिक्न दुव्र्यसनीबारे निर्माण भएका अन्तराष्ट्रिय चलचित्रहरु पनि हेर्दै छिन् उनले । पूर्वलागूऔषध दूव्र्यसनी एकता महत जो सानैबाट ड्रग्स एडिक्ट भइन्, सडकमै गर्भ बोकिन्, एचआइभी पोजेटिभ संक्रमित बनिन् र अहिले त्यसबिरुद्ध सामाजिक अभियान चलाउँदै छिन् । उनको वास्तविक जीवनमा आधारित चलचित्र 'पर्पल डेज'मा अभिनयका लागि नम्रताले यस्तो गर्न थालेकी हुन् ।

दुव्र्यसनीबारे फिल्म बनाउन लागेकैले निर्देशक प्रचण्ड श्रेष्ठले नाम पनि 'पर्पल डेज' राखेका हुन् । अहिले यो फिल्मको स्क्रिप्ट धमाधम बनिरहेको छ ।


 




0 comments:

Post a Comment