सिटिइभिटीका सूचना तथा अनुसन्धान महाशाखा निर्देशक एवं प्रवक्ता राजेन्द्र कार्की प्राविधिक विषयको अध्ययनपछि बेरोजगार बस्नु नपर्ने दाबी गर्छन् । सीपयुक्त जनशक्ति तयार पार्नु नै परिषद्को मुख्य जिम्मेवारी हो, कार्कीले भने- 'हामी देशको बेरोजगारी कम गर्न नयाँ-नयाँ विषय छनोट गरी मागअनुसार शिक्षा दिने गरेका छौं ।' सिटिइभिटीअन्तर्गत स्वास्थ्य, इन्जिनियरिङ, कृषिक्षेत्रका विभिन्न विधामा अध्यापन हुन्छ ।
परिषद् आफैंले २१ वटा प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालन गरेको छ भने २ सयभन्दा बढी निजी प्राविधिक संस्थाहरूमार्फत सिटिइभिटीको कार्यक्रम सञ्चालित छन् ।
परिषद्ले हालसम्म प्राविधिक एस.एल.सी. -टी-एसएलसी १५ र २९ महिने कोर्स) र तीनवर्षे डिप्लो/प्रवीणता प्रमाणपत्र तहका विविध कोर्स सञ्चालन गरिरहेको छ । टी-एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरू सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका -खरिदारसरह) को रोजगारीका लागि योग्य मानिन्छन् । तीनवर्षे डिप्लोमाका विविध कोर्स गरेका विद्यार्थीहरू
सरकारी सेवामा राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक -सुब्बासरह) का लागि योग्य मानिन्छन् ।
तीनवर्षे डिप्लोमाका विविध कोर्सलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह सरह मान्यता प्रदान गरेको छ ।
किन पढ्ने प्राविधिक शिक्षा ?
रोजगारउन्मुख शिक्षा एवं व्यावसायिक तालिम दिई स्वावलम्बी र सीपयुक्त जनशक्ति तयार गर्नु सिटिइभिटीको उद्देश्य हो ।
वैदेशिक रोजगारीको बजारमा प्रवेश पाउन प्राविधिक शिक्षा र तालिम सहज माध्यम भएको छ । प्राविधिक शिक्षाका क्रममा हासिल गरेको सीप प्रयोग गरी उद्यमशील नागरिक बनेर स्वरोजगार भै अन्य व्यक्तिका लागि समेत रोजगारी सिर्जना गर्न सकिन्छ ।
परिषद्का अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्राप्त जनशक्तिको रोजगारी दर ७० प्रतिशतभन्दा बढी छ । स्तरीय सीप सिकेर वैदेशिक रोजगारीमा जाने जनशक्ति जस्तै- प्लम्बिङ, कार्पेन्टर, स्लटरिङ, सिभिल तथा मेकानिकल ओभरसियरको तलब साधारण श्रमिकको भन्दा पाँच गुणा भन्दा बढी भएको विभिन्न तथ्यांकले देखाएको छ ।
छात्रवृत्तिको व्यवस्था
सिटिइभिटीले डिप्लोमा/प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीलाई जेहेन्दार, वर्गीकृत एवं विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । यसका साथै परिषद्का शिक्षालयमा अध्ययन गर्ने प्राविधिक एसएलसी तहका विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था छ ।
जेहेन्दार छात्रवृत्तिका लागि प्रवेश परीक्षामा जुन संस्थावाट र्फम भरेको हो त्यही संस्थामा मात्र खुल्ला प्रतिस्पर्धामा गर्न पाइन्छ । सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्याथीर् लाई पूर्ण तथा दोस्रो विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिएको छ । यसरी प्राप्त छात्रवृत्ति पहिलो वर्ष वा सेमेस्टरका लागि मात्र हुनेछ । अर्को वर्ष जसले उत्क ृष्ट अंक हासिल गर्यो उसैले पाउँछ ।
वर्गीकृत छात्रवृत्तिका लागि निर्धारित र्फम भरेर वर्गीकृत छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न सकिन्छ । जुन संस्थाबाट अध्ययन गर्न र्फम भरेको हो त्यही संस्थामा मात्र वर्गीकृत छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न सकिन्छ । सर्वोत्तम अंक प्राप्त गर्ने विद्यार्थीलाई पूर्ण तथा दोस्रो विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिन्छ । यसरी प्राप्त छात्रवृत्ति पूर्ण शैक्षिक अवधिका लागि दिने व्यवस्था छ ।
जेहेन्दार र वर्गीकृत छात्रवृत्तिको हकमा प्रत्येक कार्यक्रममा जम्मा स्वीकृत कोटाको ५ प्रतिशत सिट पूर्ण छात्रवृत्ति र ५ प्रतिशत सिट आंशिक छात्रवृत्तिका लागि निर्धारण गरिएको छ ।
वर्गीकृत छात्रवृत्ति साधारण र सामुदायिक विद्यालय १० प्रतिशत, महिला १० प्रतिशत, दलित, आदिवासी र जनजाति १० प्रतिशत, अपांग, सहिद परिवार १० प्रतिशत, जनआन्दोलनका घाइते परिवारलाई १० प्रतिशत, पूर्व कमैया, हलिया तथा विपन्न वर्ग १० प्रतिशत एवं खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ ।
साधारण र सामुदायिक विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गर्नेहरूका लागि सिटिइभिटीले विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । भर्ना भएकामध्ये ७५ जना  विद्यार्थीलाई निर्वाहस्वरूप एक जना विद्यार्थी बराबर मासिक ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिन्छ । यसरी छात्रवृत्ति पाउने विद्यार्थीले सम्बन्धित संस्थामा  बुझाउनुपर्ने शुल्क भने बुझाउनुपर्ने हुन्छ । विशेष छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न चाहने विद्यार्थीले निर्धारित र्फम भरेर केन्द्रीय स्तरमा प्रतिस्पर्धा गर्नुपर्छ ।विशेष छात्रवृत्तिका लागि स्वास्थ्यका सम्पूर्ण विषयमा ४५ सिट इन्जिनियरिङका सम्पूर्ण कार्यक्रमका लागि २१ तथा कृषि तथा खाद्य प्रविधिका सम्पूर्ण कार्यक्रमका लागि ९ सिट छुट्याइएको छ ।
परिषद्ले सञ्चालन गरेका प्राविधिक विषयहरू
डिप्लोमा/प्रवीणता प्रमाणप्रत्र तहमा अध्ययन गर्न एसएलसी उत्तीर्ण हुनुपर्छ । परिषद्ले यो तहको कार्यक्रम स्वास्थ्य, इन्जिनियरिङ, कृषि आदि विषयमा सञ्चालन गर्ने गरेको छ ।
स्वास्थ विधा
नर्सिङ
सिटिइभिटीले उत्पादन गर्ने सबैभन्दा बढी जनशक्ति स्टाफ नर्स हो । सिटिइभिटीको पाल्पा नर्सिङ कलेज, पाल्पा र सन्त अल्पामनि नारायण राय यादव नर्सिङ कलेज गौरमा नर्सिङ विषयको अध्यापन हुुन्छ । निजी क्षेत्रमा ८८ कलेजमा नर्सिङको पढाइ हुन्छ । प्रत्येक कलेजसँग ४० जनाको भर्ना क्षमता छ । यस्ता शिक्षालयमा अध्ययन गर्दा पूरै कोर्सको २ लाख २४ हजार रुपैयाँ लाग्छ ।
प्राथमिक स्वास्थ्यकेन्द्र, जिल्ला, अञ्चल, क्षेत्रीय, शिक्षण अस्पताल तथा राष्ट्रिय स्तरका अस्पतालमा पनि यस्ता जनशक्ति खपत हुन्छन् । निजी स्तरका शिक्षण तथा नर्सिङ होममा पनि रोजगारीको अवसर पाइन्छ । त्यसैगरी मुलुकबाहिर पनि स्टाफ नर्सको माग बढ्दो छ ।
जनरल मेडिसिन
मध्यमस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गरिने यो विषयलाई एचए पनि भनिन्छ । यो विषय उत्तीर्ण गरेपछि प्राथमिक स्वास्थ्यकेन्द्र, परिवार नियोजन, खोप कार्यक्रम आदिमा रोजगारीको अवसर हुन्छ । त्यस्तै स्वास्थ्यसम्बन्धी सरकारी, गैरसरकारी तथा निजी संघ-संस्थामा पनि रोजगारीको अवसर हुन्छ । जनरल मेडिसिन उत्तीर्ण भएपछि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न पाइन्छ । यो पाठयक्रम सिटिइभिटीको स्कुल अफ हेल्थ साइन्स, चितवनमा मात्र अध्यापन हुन्छ भने निजी स्तरमा ४७ स्थानमा पढाइ हुन्छ । एउटा शिक्षालयमा ४० जना भर्ना हुन सक्छन् ।
डिप्लोमा इन फार्मेसी
०६३/६४ देखि मात्र पढाइ सुरु भएकाले यो विषयमा कमै जनशक्ति उत्पादन भएका छन् । सिटिइभिटीका अनुसार गत वर्षसम्म फार्मेसी उत्तीर्ण गर्ने १ हजार ४ सय ४७ जना छन् । २१ वटा शिक्षालयले फार्मेसी पढाउने गरेका छन् । एउटा शिक्षालयमा ४० जना भर्ना क्षमता छ । डिप्लोमा इन फार्मेसी उत्तीर्ण भएपछि बीफर्मा अध्ययन गर्न पाइन्छ । रोजगारीका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न अस्पताल, औषधी व्यवस्था विभाग, औषधी कम्पनीमा रोजगार पाइन्छ । यसैगरी निजी स्तरबाट औषधि उत्पादन गर्ने कम्पनी तथा औषधी पसलहरूमा समेत काम पाइन्छ ।
ल्याब टेक्नोलोजी
यो विषय ०६३ देखि सुरु भएको हो । मुलुकभरका निजी ४४ कलेजमा यो विषयको अध्यापन हुन्छ । एउटा कलेजमा ३० जनाको भर्ना क्षमता छ ।
सिटिइभिटीअन्तर्गत मेडिकल ल्याब टेक्नोलोजी बीएमएलटी पनि अध्ययन गर्न पाइन्छ । यो विषयका विद्यार्थीले जिल्ला अस्पतालदेखि क्षेत्रीय र राष्ट्रिय स्तरको अस्पताल तथा प्रयोगशालामा रोजगारी पाउन सक्छन् । निजी स्तरका क्लिनिक तथा अस्पतालमा ल्याब असिस्टेन्टका रूपमा जागिर पाइन्छ । निजी कलेजमा यो विषय अध्ययन गर्दा २ लाख ९० हजारदेखि ३ लाख १० हजार रुयैयाँसम्म खर्च लाग्छ ।
डिप्लोमा इन रेडियोग्राफी
सरकारी तथा निजी अस्पतालमा एक्सरे विशेषज्ञका रूपमा रोजगार हुन डिप्लोमा इन रेडियोग्राफी अध्ययन गरेको हुनुपर्छ । यो विश्वविद्यालयको प्रवीणता प्रम्ााणपत्र तह रेडियोग्राफीको समकक्षी कार्यक्रम हो । सिटिइभिटीका अनुसार मुलुकका १५ वटा शिक्षालयमा रेडियोग्राफीको अध्यापन हुन्छ । एउटा शिक्षालयमा ३० जनाको भर्ना क्षमता हुन्छ ।
अन्य
नर्सिङ, जनरल मेडिसिन, फार्मेसी, ल्याब रेडियोग्राफी जस्तै डेन्टल साइन्ससम्बन्धीे जनशक्तिको माग पनि उत्तिकै छ । राजधानी, जिल्ला सदरमुकाम तथा मुख्य सहरमा खुलेका डेन्टल अस्पतालहरूमा जनशक्तिको माग बढ्दो छ । डेन्टल साइन्स पाँचवटा कलेजले सञ्चालन गरेका छन् । सिटिइभिटीअन्तर्गत अप्थाल्मिक साइन्स एक, आयुर्वेदिक साइन्स दुई एवं होमियोप्याथीको एउटा कलेज सञ्चालनमा छ ।
कृषि विधा
आईएस्सी एजी
कृषि विषयमा सञ्चालित आईएस्सी एजी कक्षा तीन वर्षको हुन्छ । यो विषय उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालय र हिकास्टमा बीएस्सी कृषि तथा पशुपालन अध्ययन गर्न सकिन्छ । यो विषय सिटिइभिटीको राप्ती प्राविधिक शिक्षालय दाङ, निजीतर्फ नेपाल पोलिटेक्निक चितवन तथा मदन मेमोरियल एकेडेमी उलार् बारीमा अध्यापन हुन्छ । एउटा शिक्षालयमा ४० जनालाई भर्ना लिने गरिएको छ ।
डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी
खाद्य प्रविधि विषयमा सञ्चालित डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी अध्ययन अवधि तीन वर्षको हुन्छ । यो विषय अध्ययन गर्नेहरूले विभिन्न विश्व विद्यालयसँग सम्बन्धित विषयमा स्नातक तहमा भर्ना पाउँछन् । डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी दुईवटा शिक्षालयमा अध्यापन हुन्छ, जसमा प्रत्येकको भर्ना क्षमता ४८ सिट छ ।
इन्जिनियरिङ विधा
डिप्लोमा इन सिभिल इन्जिनियरिङ
डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिटिइभिटी तथा निजी क्षेत्रका २३ शिक्षालयले पढाउने गरेका छन् । एउटा शिक्षालयमा ४८ जना भर्ना लिइन्छ । सेती प्राविधिक शिक्षालय दीपालय र लाहान प्राविधिक शिक्षालयमा यो विषय अध्यापन हुन्छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्व विद्यालयमा सिभिल इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्न सकिन्छ ।
डिप्लोमा इन सर्भे इन्जिनियरिङ
तीनवर्षे डिप्लोमा इन सर्भे इन्जिनियरिङ हाल भू-सूचना अध्ययन प्रतिष्ठान बानेश्वरमा अध्यापन हुन्छ । यहाँ अध्ययनका लागि ४८ जनाको भर्ना क्षमता छ । यो विषय उत्तीर्ण गरेपछि विभिन्न विश्व विद्यालयमा सर्भे इन्जिनियरिङ तर्फ स्नातक तह अध्ययन गर्न सकिन्छ ।
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ १७ वटा निजी शिक्षालयमा अध्यापन हुन्छ । त्यस्तै सिटिइभिटीको आफ्नै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ बनेपाले पनि कक्षा सञ्चालन गरिरहेको छ । यो तीनवर्षे पढाइ हो । यो विषय नेपालमा मात्र नभै विदेशमा पनि लोकपि्रय मानिन्छ । सरकारी रोजगारी भन्दा स्वरोजगारतर्फ उन्मुख हुन यो विषय अध्ययन गरिन्छ ।
मेकानिकल इन्जिनियरिङ
तीनवर्षे डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ तीनवटा शिक्षालयमा अध्यापन हुन्छ । यसमा ४८ जनाको सिट क्षमता छ । इन्जिनियरिङ मध्ये मेकानिकल विषय सबैभन्दा खर्चिलो विषय मानिन्छ ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ
इलेक्ट्रोनिक्स इन्जिनियरिङको कक्षा निजी क्षेत्रका ११ वटा प्राविधिक शिक्षालय सञ्चालनमा छन् । यो विषय पढेपछि सम्बन्धित क्षेत्रको प्राविधिक नायब सुब्बासरहको रोजगारी पाइन्छ । एउटा शिक्षालयको भर्ना क्षमता ४८ जनाको छ ।
इलेक्टि्रकल इन्जिनियरिङ
सिटिइभिटीको भेरी प्राविधिक शिक्षालय तथा बालाजु स्कुल अफ इन्जिनियरङ एन्ड टेक्नोलोजीका साथै १० वटा निजी शिक्षालयमा इलेक्टि्रकल इन्जिनियरिङ पढाइ हुन्छ । यो विषय उत्तीर्ण भएपछि विभिन्न विश्वविद्यालयमा डिप्लोमा इन इलेक्टि्रकल इन्जिनियरिङको स्नातक तथा अध्ययन गर्न सकिन्छ ।










0 comments:
Post a Comment