माया त बस्यो फेरी किन छुट्नु पर्दो होला
केही क्षण बिछोडदिदैमा किन आसु झर्दोहोला
चोखै माया लाए पनि किन बिछोड हुन्छ होला
उनिलाइ नै सम्झी सम्झी यो मन किन रुन्छ होला?
तिम्रो सम्झनाले मलाई तड्पाइ तड्पाइ मार्ने भयो
सुख्खा यि नयन हरुमा साउने झरि झार्ने भयो
यो मन सार्है खुशी हुन्छ सपनिमा आइदिदा
फेरी यो मन रोइ दिन्छ बिपनि मा नपाई दिदा
Navin B.K
China
गजल
कहिले दिन्छ पूरै मस्ती यही प्यारले
कहिले उठाउँछ बस्ती यही प्यारले
जब एक्लो थिएँ म, आजजस्तो हुन्न थिएँ
प्युन लायो जबर्जस्ती यही प्यारले
भोलि कति बेइमान होला भन्न सकिँदैन
सक्दो गुन लाउँथ्यो अस्ति यही प्यारले
ऊ मानिन जसै गर्दा पनि मेरी हुनलाई
जिउँदै मार्यो एउटा हस्ती यही प्यारले ।
गजल
कहिले कही लुकाएर खुवाउनुको मजा बेग्लै
एकान्तमा तिम्रो साथ रमाउनुको मजा बेग्लै
रातको साथ त सधैं सधैं साच्छन् सबै
लुकेर दिउसै हात समाउनुको मजा बेग्लै
सुन्ने गरी गाउनेहरु गायक बन्छन् यहाँ
तिम्ले मात्र सुन्ने गरि गाउनुको मजा बेग्लै
प्राप्तिमा त खुसी फूल्छ सपनाको संसार झुल्छ
माया गर्या जस्तो गरी तडपाउनुको मजा बेग्लै
चट्ट टिप्यो सट्ट लायो क्षणभरको खुसी टुट्छ
काडा बीचको फूल टिपी लाउनुको मजा बेग्लै ।
Translate
Friday
Subscribe to:
Post Comments (Atom)










0 comments:
Post a Comment