Translate

Friday

बाथरुममा गीत गाउन प्रतिबन्ध



भेनेजुएलाका राष्ट्रपति हृयूगो चाभेजले आफ्ना जनताहरुलाई नुहाउँदै गर्दा गीत नगाउन निर्देशन दिएका छन् ।

राष्ट्रले पछिल्लो समय पानी र विद्युतको चर्को अभाव झेलिरहेको बेला नुहाउँदै गर्दा गीत गाएर पानी र
विद्युतको र्सवनाश नपार्न आग्रह गरेका हुन् । बाथरुममा नुहाउने समय सकेसम्म घटाउन उनले आग्रह गरेका हुन् ।

जति बढी समय बाथरुममा बितायो, उति बढी पानी खर्चिने हुनाले यस्तो बानी त्याग्न उनले र्सार्वजनिक रुपमा अपिल गरेका हुन् ।

"केही व्यक्तिहरु बाथरुममा छिरिसकेपछि नआएका गीत पनि फुर्दोरहेछ अनि आफ्नै स्वरमा मख्ख परेर आधा घण्टाभन्दा बढी समय बिताउने गरेको पाइयो", राष्ट्रपतिले मन्त्रीमण्डलको बैठकमा टीभी पत्रकारहरुका अघिल्तिर सो धारणा राखेका बेलायतबाट प्रकाशन हुने डेली मेलले जनाएको छ ।

त्यत्तिकै खेर फालिने ऊर्जाका विरुद्ध अब आफ्नो युद्ध लक्षित हुने उनले बताएका छन् । "बालबालिकाहरुका लागि नुहाउन लाग्ने समय तीन मिनेट हो । त्यहाँभन्दा बढी समय दिनु समय र ऊर्जाको बरबादी मात्र हो", चाभेजले बताए । उनले जनतालाई मात्र होइन, सरकारी कार्यालयहरुलाई पनि २० प्रतिशतभन्दा बढीले ऊर्जा कटौतीमा काम गर्न आदेश दिएका छन् ।

0 comments:

Post a Comment